१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार ११:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संघीय संसद्अन्तर्गतका दुवै सदनको बैठक बस्दै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:५३:oo

संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ। प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन विधयेकका २०७९ दफाबारे छलफलका लागि पेस गर्नेछन् ।  

त्यस्तै, आर्थिक विधेयक, २०७९ माथि छलफल गरी प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने पनि संसद् सचिवालयले जनाएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक, २०७९ लाई पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यतालिका पनि छ ।

मन्त्री शर्माले  ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९ लाई दफावार छलफल गरी पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ । त्यस्तै, राष्ट्रिय सभाको बैठकमा विभिन्न ६ मन्त्रालयका विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकमाथि छलफल हुनेछ । त्यस्तै, कमलाकुमारी दाहालले विनियोजन विधेयक, २०७९ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछिन् । 

ad
ad