मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ५ शुक्रबार
  • Friday, 22 September, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ३ शुक्रबार १५:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनी प्रदेशमा ट्रमा सेन्टर बनाउन सांसद गैरेको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ३ शुक्रबार १५:३५:००

एकीकृत समाजवादीकी सांसद राजेन्द्रलक्ष्मी गैरेले लुम्बिनी प्रदेशमा एउटा ट्रमा सेन्टर स्थापना गर्न माग गरेकी छिन्। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै सांसद गैरेले लुम्बिनी प्रदेशअन्तर्गतको त्रिवेणी, सुस्ता र बर्दघाटको दाउन्ने क्षेत्रमा धेरै सडक दुर्घटना हुने गरेको र तत्काल स्वास्थ्योपचारका लागि समस्या हुने गरेको भन्दै सो क्षेत्रलाई केन्द्रित गरेर एउटा ट्रमा सेन्टर स्थापना गर्न माग गरेकी हुन्।

ट्रमा सेन्टरको स्थापना गर्न सके सो क्षेत्रका मात्र नभई सम्पूर्ण लुम्बिनी प्रदेश नै लाभान्वित हुने उनको धारणा छ। उनले बुटवल–नारायणगढ सडकखण्डमा डाइभर्सनका कारण आवतजावतमा कठिनाइ भएकोप्रति पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गराइन्।