१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार ११:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

तीन वर्षमा बेंसीसहर नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:o८:oo

लमजुङको सदरमुकाम बेंसीसहर नगरपालिकालाई तीन वर्षमा बालमैत्री नगरपालिका घोषणा गरिने भएको छ । बालमैत्री स्थानीय शासन प्रवर्द्धन तथा व्यवस्थापनसम्बन्धी क्षमता विकास प्रशिक्षण कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा सरोकारवालाहरूले हस्ताक्षरसहित प्रतिबद्धता जनाएका हुन् । 

नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बालमैत्री नगरपालिका घोषणामा सबैको साथ र सहयोग आवश्यक पर्ने बताए । उनले भने, ‘अबको तीन वर्षमा बालमैत्री वडा घोषणाको आवश्यक सूचक पूरा गरी नगरपालिकाका नाैवटा वडालाई बालमैत्री वडा घोषणा गरिनेछ ।’ नगरपालिकाको १ र ६ वडालाई यसअघि नै बालमैत्री वडा घोषणा गरिएको छ । 

बेँसीसहर नगरपालिकाको समन्वय र सामाजिक विकास कार्यालय लमजुङले आयोजना गरेको उक्त कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू, नगरकार्यपालिका सदस्य, सरकारी तथा गैरसरकारी निकाय, बालसञ्जाल, सुरक्षा निकायका प्रतिनिधि, पत्रकारलगायत सरोकारवाला निकायले बालमैत्री स्थानीय तह स्थापनाका लागि साथ र सहयोग गर्ने हस्ताक्षरसहित प्रतिबद्धता व्यक्त गरेका छन् । 

नगरपालिकाले सम्बन्धित संघसंस्था, सरोकारवाला निकाय र सम्बद्ध व्यक्तिसँगैको सहकार्यमा ०८२ साल असार मसान्तसम्ममा नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने प्रतिबद्धता जनाएको सामाजिक विकास कार्यालय लमजुङका प्रमुख दिनेश पौडेलले बताए ।

संविधानको भाग ३, मौलिक हक, धारा ३९, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, बालबालिकासम्बन्धी ऐन, २०७५ र बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ मा भएका ५१ सूचक पूरा गरी आगामी तीन वर्षसम्ममा बेँसीसहरलाई बालमैत्री नगरपालिका घोषणा गरिने भएको हो ।

ad
ad