१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १ बुधबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १ बुधबार १६:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लोकसेवा नयाँ युगका चाहनालाई सामना गर्न सक्ने हुनुपर्छ : राष्ट्रपति भण्डारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १ बुधबार १६:१४:oo

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार आर्थिक रूपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर रहेको बताएकी छिन् । बुधबार लोकसेवा आयोगको ७२औँ वार्षिकोत्सवको अवसरमा भण्डारीले उनले आयोगले आफूलाई नयाँ युगका नयाँ चाहनाहरूलाई सामना गर्न सक्ने गरेर सुधार एवं विकास गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याइन् ।

उनले जनताको समृद्धिको आकांक्षा सम्बोधन गर्न सक्ने र सोहीअनुरूप कर्तव्यपालन गर्न सक्ने मानवस्राेतको पहिचान गरी सरकारी सेवालाई बलियाे बनाउने अधिकार प्राप्त संवैधानिक अंगको रूपमा रहेको लोकसेवा आयोगले त्यसलाई आत्मसात् गर्दै आफ्नो दायित्व पूरा गर्न कटिबद्ध हुनुपर्ने बताइन् । 

उनले भनिन्, ‘नयाँ युगका नयाँ चाहनाहरूलाई सामना गर्न सक्ने गरेर आफूलाई निरन्तर रूपमा सुधार एवं विकास गर्दै अघि बढ्नुपर्ने आवश्यकता छ । ठूलो राजनीतिक परिवर्तनपछि  मुलुक अब क्रमशः आर्थिक रूपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर भइरहेको छ । जनतालाई सहज सार्वजनिक सेवा प्रवाह गरी राज्यको उपस्थितिको बोध गराउने दायित्व मुलुकको निजामतीसहितका सरकारी संयन्त्रमा रहेकाले सोहीअनुरूपको जनशक्ति छनोट गर्नु अत्यावश्यक हुन जान्छ ।’

राष्ट्रपति भण्डारीले चुस्त व्यवस्थापकीय, क्षमतायुक्त, इमानदार, कर्तव्यनिष्ठ र दक्षतासहितका जनशक्ति विकासका लागि आवश्यक तालिम तथा अभिमुखीकरण र उम्मेदवारको छनोट प्रक्रियामा समयसापेक्ष सुधार गर्नेमा जोड दिइन् ।