मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २७ शुक्रबार ०६:५२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

शुक्रबारदेखि बालबालिकामा  कोभिडविरुद्धको बुस्टर डोज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २७ शुक्रबार ०६:५२:००

१२ देखि १७ वर्ष उमेरसमूहका बालबालिकालाई शुक्रबारदेखि कोभिडविरुद्धको बुस्टर डोज लगाइने भएको छ । स्वास्थ्य मन्त्रालयको २४ जेठमा गरेको निर्णयअनुसार १२ देखि १७ वर्ष उमेरसमूहलाई बुस्टर डोज दिन लागिएको स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाले जनाएको छ । यसअघि बुस्टर डोज १८ वर्षभन्दा माथि उमेरसमूहमा मात्र प्रयोगमा आइरहेको थियो । 

१७ वर्षमुनिका बालबालिकामा मोडेर्ना र फाइजर खोप प्रयोगमा आए पनि बुस्टर डोजका लागि दुईमध्ये जुनसुकै खोप पनि प्रयोगमा ल्याउन सकिने खोप शाखाले जनाएको छ । बुस्टर डोजका लागि खोपको दुई मात्रा लगाएको तीन महिना पूरा हुनुपर्नेछ । चिकित्सकका अनुसार बालबालिकामा बुस्टरका लागि फाइजर खोपको ०.३ एमएल र मोडेर्ना खोप बुस्टरको रूपमा दिँदा ०.२५ एमएल दिनुपर्ने मापदण्ड छ ।

हालसम्म १८ वर्षभन्दा माथि उमेरसमूहमा बुस्टर खोपको रूपमा ५० लाख ५८ हजार नौ सय ६५ डोज खोप प्रयोगमा आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर हालसम्म १२ वर्षमाथिका लक्षित जनसंख्यामा ८५.६ प्रतिशतले खोपको पूर्ण मात्रा लगाइसकेका छन् । यसबाहेक पाँच वर्षमुनिका बालबालिकामा पनि खोप दिने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । ९ असारदेखि सुरु हुने खोप कार्यक्रममा दुई चरणमा गरी ४९ लाख बालबालिकामा फाइजर खोप लगाउने तयारी भइरहेको छ ।