१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २३ सोमबार १९:२९:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

निर्देशनमा अभिनेता खनालको डेब्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २३ सोमबार १९:२९:००

अभिनेता सरोज खनालले सिनेमा ‘बगान’बाट निर्देशनमा डेब्यु गरेका छन् । चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा उनको निर्देशनमा रहेको ‘बगान’ सिनेमाको गीत आइतबार सार्वजनिक गरिएको छ ।

गीतमा सुरेश वाग्लेको शब्द, सुभास भुसालको संगीत छ भने सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ । गीतको भिडियोमा अभिनेता आकाश र नवअभिनेत्री प्रमिला कार्कीको अभिनय छ । 

सिनेमामा सरोज खनालसँगै नीर शाह, वसुन्धरा भुसाल, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नवअभिनेत्री प्रमिला कार्कीलगायत कलाकारहरूको अभिनय छ ।

निर्देशक खनालले जीवनकालमा सिनेमामा अभिनय गरेर सिकेको ज्ञान र अनुभवलाई निर्देशनमा प्रयोग गर्ने बताए । ‘सिनेमा मनोरञ्जनसँगै समाज परिवर्तनको माध्यम पनि हो । यो सिनेमाले समाजलाई केही सन्देश लिएर आउँछ,’ उनले भने ।