१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० चैत ६ मंगलबार ०८:०८:००
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
२०८० चैत ६ मंगलबार ०८:०८:००

सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेको छ । पर्यटन क्षेत्रमा यसको कस्तो प्रभाव पर्न सक्छ ?
सरकारले असाध्यै राम्रो र सकारात्मक घोषणा गरेको छ । कोभिडले थलिएको नेपाली पर्यटन क्षेत्रले सन् २०२३ देखि नै आशा जगाएको छ । यस घोषणाले थप उत्साहित बनाएको छ । पोखरामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल छ । लेक साइडमा मात्र ६ खर्बभन्दा बढी लगानी छ । अन्तर्राष्ट्रिय स्तरका सबै सुविधा एकै ठाउँमा उपलब्ध हुने पोखरा नेपाली पर्यटन क्षेत्रको साँच्चै राजधानी नै थियो । यस घोषणाले सबैमा उत्साह थपेको छ ।  

पोखरासित कति र कस्ता पर्यटकलाई  सेवा दिने क्षमता छ ?
पोखरासित सामान्य पर्यटकदेखि पाँचतारे सेवा, सुविधा खोज्ने स्तरीय पर्यटकलाई समेत सेवा दिन सक्ने क्षमता छ । अहिले पोखराले ४० हजार पर्यटकलाई सेवा दिन सक्छ । नेपाल आउने भारतीय र अन्य मुलुकका झन्डै ८० प्रतिशत पर्यटकको रोजाइमा पोखरा पर्ने गरेको छ । चीनियाँ पर्यटकको पनि आकर्षण बढेको छ पोखरामा । साहसिक पर्यटकका लागि सर्वाधिक उपयुक्त गन्तव्य हो पोखरा । पदयात्रा, प्याराग्लाइडिङ, अल्ट्रा लाइट, माउन्टेन बाइक जस्ता सुविधा छन् यहाँ । हनिमुन प्याकेजमा आउने पर्यटकको समेत पहिलो रोजाइ पोखरा नै हुने गरेको छ । 

पोखरालाई साँच्चै पर्यटकीय राजधानीका रूपमा स्थापित गर्न थप केके गर्नुपर्ला ?
स्थानीय र प्रदेश सरकारले भौतिक पूर्वाधार विकासमा ध्यान दिनुपर्छ भने संघीय सरकारले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ध्यान केन्द्रित गर्नुपर्छ । चीन र भारतबाट सिधै पोखरामा चार्टर्ड विमान ल्याउन पहल गर्नुपर्छ । नेपाल पर्यटन बोर्डले व्यापक प्रचार प्रसारमा ध्यान दिनुपर्छ ।