१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o८:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:o२:oo

नेपाली पर्यटन क्षेत्रका लागि वर्ष २०८० कस्तो रह्यो ?
वर्ष २०८० ले नेपाली पर्यटन क्षेत्रमा सन् २०१९ को क्षति ‘कभर’ गर्‍यो । वर्षभरिमा नेपाल भित्रिने पर्यटकको संख्या १० लाख कट्यो । पर्यटन क्षेत्रमा लगानी पनि  बढ्यो । केही नयाँ पाँचतारे होटेल खुले र कतिपय खुल्ने क्रममा छन् । पर्यटक आगमनमा उत्साहप्रद वृद्धि देखेर नयाँ नयाँ विदेशी विमान कम्पनीले नेपालमा उडान भर्न अनुमति मागिरहेका छन् । पहिल्यैदेखि उडान भरिरहेका विमान कम्पनी यथावत् छन् । समग्रमा हेर्दा वर्ष २०८० नेपाली पर्यटन क्षेत्रका लागि उत्साहप्रद नै रह्यो ।

वर्ष २०८० मा गर्न नसकिएका या हुन नसकेका कुनै काम छन् कि ?
हामीले बडो उत्साहसाथ निर्माण गरेर सञ्चालनमा ल्याएका पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल उडान अभावमा प्रयोगविहीन रहे भन्दा हुन्छ । पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मिलेर मार्केटिङ गर्नुपर्नेमा त्यसो हुन सकेन । दुवै निकायले पहल गर्ने हो भने पोखरामा भारतीय र चीनियाँ चार्टर्ड विमान उडाउन सकिन्छ । त्यस्तै, भैरहवामा बुद्धिस्ट पर्यटकका चार्टर्ड विमान ल्याउन सकिन्छ । 

वर्ष २०८१ मा कति आशावादी हुन सकिएला ?
वर्ष २०८१ मा अहिलेकै पूर्वाधार र जनशक्तिबाट पनि २० प्रतिशत पर्यटक बढाउन सकिन्छ । हामीसित अहिले नै २५ लाख पर्यटकलाई सेवा दिन सक्ने सानाठुला पर्यटक स्तरीय होटेल छन् । पर्यटन क्षेत्रको हरेक प्याकेजमा ६० प्रतिशत खर्च विमानमा हुन्छ । आफ्नै अन्तर्राष्ट्रिय विमान नहुँदा हामीले दैनिक ठुलो रकम गुमाइरहेका छौँ । यसतर्फ सुधार हुन सकेमा पनि धेरै नै आशावादी हुन सकिन्छ । 

ad
ad