१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o७:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

चलचित्र निर्देशक नवीन सुब्बालाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:५३:oo

नेपाली चलचित्र क्षेत्रका लागि  वर्ष २०८० कस्तो रह्यो ?
समग्रमा हेर्दा उपलब्धिमूलक नै रह्यो । चलचित्र निर्माण र बजार दुवै दृष्टिले हेर्दा यो सकारात्मक नै देखियो । यस वर्ष बर्लिन, टोरन्टो र भेनिस जस्ता ठुला फेस्टिभलमा नेपाली चलचित्र पुगे । बर्लिनको कम्पिटिसन राउन्डमा नेपाली चलचित्र पुग्नु ठुलो उपलब्धि हो । पछिल्लो ३५ वर्षभन्दा बढी समयदेखि भारतीय चलचित्र त्यहाँ पुगेको छैन । वर्ष २०८० मा व्यावसायिक रूपमा पनि निकै सफल चलचित्र देखिए । बजार पनि राम्रो देखियो ।

 वर्ष २०८० लाई फर्केर हेर्दा नेपाली चलचित्र क्षेत्रमा आशावादी हुन सक्ने अवस्था कति देखिन्छ ?
बितेको वर्षमा नेपाली चलचित्रको आन्तरिक बजार निकै विस्तार भएको देखियो । २०–२२ करोड हाराहारीको व्यापार भएको देखियो । हिन्दीका ठुला ठुला चलचित्रले यहाँ गरेको भन्दा कमजोर देखिएन कतिपय नेपाली सिनेमाको व्यापार । वितरण प्रणालीमा भने केही समस्या देखियो । राम्रो नेपाली चलचित्र आएको समयमा राम्रो हिन्दी सिनेमा आयो भने हाम्रो साँघुरा बजार दुवै चलचित्रका लागि बाँडिँदा अलि समस्या देखियो । यसमा सुधार हुने हो भने आशावादी हुन सकिन्छ । 

वर्ष २०८१ मा नेपाली चलचित्र क्षेत्र  कस्तो होस् भन्ने चाहनुहुन्छ ?
यस वर्ष हामीले ‘कन्टेन्ट’ र ‘फर्म’मा काम गर्न सक्नुपर्छ । नेपाली मौलिकताको खोजी गरिनुपर्छ । नेपाली सिनेमाको अनुहार स्थापित गर्न सक्नुपर्छ । नेपाली सिनेमा बलिया भए भने हामीले अन्तर्राष्ट्रिय बजार पाउन संघर्ष गरिहनुपर्दैन । र, नेपाली चलचित्रको दीर्घजीवनका लागि यो जरुरी पनि छ ।

ad
ad