१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o८:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

निशान र चन्द्रमालाई स्वर्ण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:२२:oo

पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी पारा–एथलेटिक्स प्रतियोगिता(होचा पुड्का)तर्फ निशान थापा र चन्द्रमा थापा क्षेत्रीले स्वर्ण जितेका छन् । दशरंग रंगशालामा मंगलबार भएको प्रतियोगितामा निशानले दुई सय मिटर दौडमा स्वर्ण जितेका हुन् । देवराज घिमिरे दोस्रो तथा मानबहादुर श्रेष्ठ तेस्रो भएका छन् ।यसैगरी, महिलातर्फ चन्द्रमाले सय मिटर दौडमा शीर्ष स्थान हात पारिन् । सिर्जना सेन्चुरी दोस्रो तथा छोरी माया थापा तेस्रो बने ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना भएको प्रतियोगिताको बहिरातर्फ महिला दुई सय मिटर दौडमा जयन्ती विष्टले स्वर्ण हात पारिन् । यस स्पर्धामा पूजा बाँस्तोलाले रजत र हीरामाया घलेले कांस्य जितेका छन् । सो स्पर्धाको पुरुषमा अजय कर्ण शीर्ष स्थानमा रहे । दोस्रो स्थानमा सौगात पोखरेल र तेस्रो स्थानमा उर्गेन गुरुङ रहे । 

पुरुषतर्फको चार सय मिटर दौडमा पनि अजय पहिलो भएका छन् । उर्गेन दोस्रो तथा अनिश खड्का तेस्रो भएका छन् । सो स्पर्धाको महिलामा हिरामायाले पहिलो भएकी छिन् । प्रतियोगितामा व्यक्तिगत तर्फ हिरामायाको यो दोस्रो स्वर्ण हो । 

ह्विलचेयरतर्फको पुरुष सय मिटर दौडमा विराट भट्ट पहिलो भएका छन् । रिले तामाङ दोस्रो र होमनाथ राई तेस्रो स्थानमा रहे । सोही स्पर्धाको महिलामा नरकुमारी कार्की पहिलो भइन् । कुमारी मगर दोस्रो र ईश्वरी न्यौपाने तेस्रो स्थानमा रहे । ह्विलचेयरकै पुरुष ज्याभ्लिन थ्रोमा श्यामबहादुर रावलले स्वर्ण जितेका छन् । यसै स्पर्धाको महिलामा विमला खनाल पहिलो र कुमारी मगर दोस्रो भएका छन् । 

आंशिक दृष्टिविहीनको पुरुष दुई सय मिटर दौडमा दयारामनारायण चौधरीले पहिलो स्थान हात पारे । यस स्पर्धामा हेम थापा दोस्रो र विपीन ओस्ती तेस्रो भएका छन् । महिलामा सरिता घिमिरे पहिलो भएकी छिन् । कृष्ण ढुंगाना दोस्रो र रचना पराजुली तेस्रो भए । पूर्ण दृष्टिविहीनको पुरुष दुई सय मिटर दौडमा सन्तोष साउदले स्वर्ण जित्दा रत्नबहादुर राईले रजत पाए । 

ad
ad