Skip This
हावाहुरीका कारण चितवनमा विद्युत् प्राधिकरणलाई मात्र ५० लाखभन्दा बढीको भौतिक क्षति
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ १५ आइतबार
  • Wednesday, 17 September, 2025
२o७९ जेठ १५ आइतबार १३:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हावाहुरीका कारण चितवनमा विद्युत् प्राधिकरणलाई मात्र ५० लाखभन्दा बढीको भौतिक क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ १५ आइतबार १३:२o:oo

चितवनमा ६ जेठमा आएको हावाहुरीसहितको वर्षाका कारण विद्युत् प्राधिकरणलाई मात्र ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। प्राधिकरणको भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार जिल्लामा हावाहुरीले प्रभाव पारेको क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन ६ दिन लागेको छ।

हावाहुरीले जिल्लाका विभिन्न स्थानमा गरी दुई सयभन्दा बढी बिजुलीका पोल ढल्नुका साथै ट्रान्सफर्मरमा असर पुर्‍याएको थियो। रूख ढलेर तार चुँडिएका थिए। पौडेलका अनुसार यस अवधिमा भौतिक क्षति मात्र ५० लाखभन्दा बढीको भएको हो। उनका अनुसार सेवा वितरण नहुँदा विद्युत् प्राधिकरणलाई भएको क्षति भने करोडभन्दा बढी छ।