मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ ११ बुधबार
  • Thursday, 10 July, 2025
२o७९ जेठ ११ बुधबार २१:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेलाई ०७४ को चुनावभन्दा बढी जनताको समर्थन छ : महासचिव पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ११ बुधबार २१:१८:oo

एमाले महासचिव शंकर पोखरेलले एमालेलाई जनताले ०७४ सालको निर्वाचनभन्दा बढी समर्थन गरेको बताएका छन् । बुधबार तुलसीपुरमा एमालेबाट निर्वाचितहरूलाई बधाई दिँदै पोखरेलले भने, ‘हामीलाई सिट कम आएको होला तर जनताको समर्थन बढेको छ ।’ 

उनले पाँच दल एकातिर हुँदा पनि एमालेले निर्वाचनमा राम्रै नतिजा ल्याएको दाबी गरे । एमालेसँग एक्लै टक्कर गर्ने कुनै पनि पार्टीको क्षमता नभएको उनले दाबी गरे । ‘पाँच दलको गठबन्धन एकातिर हुँदा पनि हामीले धेरै ठाउँमा जितेका छौँ,’ उनले भने, ‘एमालेसँग एक्लै मुकाबिला गर्न सक्ने कुनै पनि पार्टीको सामर्थ्य छैन ।’ 

एमालेलाई घेराबन्दी गर्ने प्रयास भए पनि साहस र आँटका साथ चुनावमा होमिँदा जनताले साथ दिएकोसमेत बताए । ‘हामीले संख्यात्मक रूपमा कम जितेका हौँला,’ उनले भने, ‘तर जनताको साथ धेरै पाएका छौँ ।’