मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ ११ बुधबार २१:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्णाली राजमार्गको सिस्नेमा बस दुर्घटना : तीनको मृत्यु, ३४ घाइते

Read Time : < 1 मिनेट
२०७९ जेठ ११ बुधबार २१:०९:००

कर्णाली राजमार्गको सिस्नेमा बस दुर्घटना हुँदा तीनको मृत्यु भएको छ । अन्य ३४ जना घाइते भएका छन् । 

कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको म १ ख ६६० नम्बर बस कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठबिसकोट नगरपालिकाको सिस्नेमा दुर्घटना भएको हो । आठबिसकोट नगरपालिका दैलेखका पूर्वमेयर  खड्गराज उपाध्यायका अनुसार दुर्घटना भएको बसबाट घाइतेलाई निकाल्ने काम भइरहेको छ । 

रातको समय भएकोले उद्धारमा समस्या भएको उपाध्यायले बताए । ‘राकमबाट उद्धारका लागि प्रहरी पुगिसकेको छ, अहिले प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन् । घाइते सबैको अवस्था गम्भीर छ, एम्बुलेन्स अभाव छ ।’ उनले भने । 

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले उद्धारको कामलाई प्रभावकारी बनाउन सुरक्षा निकाय खटाएको बताए । 

दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले दैलेख, दुल्लु, आठबिस र तल्लो डुंगेश्वरबाट उद्धारका लागि टोली पइठाएको बताए ।