मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ जेठ ११ बुधबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ ११ बुधबार १५:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्थानीय तह निर्वाचन : सात पालिकाको परिणाम आउन बाँकी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ ११ बुधबार १५:४९:oo

स्थानीय तह निर्वाचनअन्तर्गत सात सय ५३ मध्ये हालसम्म सात सय ४६ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । बाँकी सात स्थानीय तहको परिणाम सार्वजनिक हुन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । 

आयोगका अनुसार अन्तिम परिणाम आउन बाँकी पालिकाहरूमा प्रदेश १ मा उदयपुरको त्रियुगा नगरपालिका, मधेस प्रदेशमा रौतहटको गरुडा र फतुवा–विजयपुर नगरपालिका, बागमती प्रदेशको काठमाडौं महानगरपालिका, लुम्बिनी प्रदेशको रुपन्देहीको तिलोत्तमा नगरपालिका र कपिलवस्तुको महाराजगन्ज नगरपालिका रहेका छन्। 

त्यस्तै, सुदूरपश्चिम प्रदेशतर्फ बाजुराको बुढीगंगा नगरपालिकामा मतगणनाबारे विवाद भएपछि आयोगले यसबारे पुनः मतदान या मतदान सदर गर्ने भन्नेबारे निर्णय हुन बाँकी छ। आयोगका अनुसार हालसम्म परिणाम सार्वजनिक भएकामा पालिकाका प्रमुख र अध्यक्ष गरी नेपाली कांग्रेस तीन सय २५, नेकपा एमाले दुई सय चार  र  माओवादी केन्द्र एक सय २१ स्थानमा विजयी भएका छन् ।