१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ८ आइतबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ ८ आइतबार o८:o६:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

भारतमा कोरोना बढ्न थालेपछि नेपालमा जिन सिक्वेन्सिङ प्राथमिकतामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ ८ आइतबार o८:o६:oo

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भन्यो– ओमिक्रोनबाहेक नयाँ भाइरस पुष्टि भएको छैन

सरकारले कोरोनाको नयाँ भाइरस प्रवेश गरे–नगरेकोबारे अध्ययनलाई तीव्रता दिएको छ । तर, अहिलेसम्म ओमिक्रोनबाहेक अर्को नयाँ भाइरस पुष्टि नभएको नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । 

प्रयोगशालाकी निर्देशक डा. रुणा झाले अहिलेसम्म ओमिक्रोनबाहेक अर्को नयाँ भाइरस पत्ता नलागेको बताएकी छन् । ‘हामीले निरन्तर नमुना जिन सिक्वेन्सिङ गरिरहेका छौँ । तर, पुरानै ओमिक्रोन भेरिएन्ट मात्रै पुष्टि भएको छ,’ उनले भनिन् । भारतमा कोरोना बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले नेपालमा जिन सिक्वेन्सिङलाई बढावा दिएको हो ।

डा. रुणा झा, निर्देशक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला

हामीले निरन्तर नमुना जिन सिक्वेन्सिङ गरिरहेका छौँ । तर, पुरानै ओमिक्रोन भेरिएन्ट मात्रै पुष्टि भएको छ । अहिलेसम्म ओमिक्रोनबाहेक अर्को नयाँ भाइरस पत्ता लागेको छैन ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी पनि अहिले नेपालमा कोरोनाको नयाँ भेरिएन्ट नदेखिएको बताउँछन् । तर, जोखिम कायम भएकाले सीमानाका हुँदै नेपाल प्रवेश गरेका व्यक्तिमा कोरोना पुष्टि भए उनीहरूको नमुना जिन सिक्वेन्सिङ गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । 

स्वास्थ्य मन्त्रालयलाई जिन सिक्वेन्सिङ गर्ने नमुनासमेत अहिले अभाव छ । धेरै खर्च लाग्ने भएकाले कम्तीमा पनि एकपटकमा ३० वटाभन्दा बढीको नमुना जिन सिक्वेन्सिङ गर्नुपर्ने हुन्छ । यो निकै खर्चिलो परीक्षण हो । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक झाले हालसम्म नेपालमा दुई हजार १० वटा नमुनाको जिन सिक्वेन्सिङ गरिएको बताइन् । उनका अनुसार हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले ३४०, हङकङमा १४, भारतमा २२७ र पब्लिक हेल्थ इंग्ल्यान्डबाट ८१८ वटा नमुनाको जिन सिक्वेन्सिङ गरिएको छ । तर, कुनैमा पनि नयाँ भेरिएन्ट देखिएको छैन । उनका अनुसार हालसम्म नेपालमा निजी र सरकारी गरी दुई हजार १० वटा नमुनाको जिन सिक्वेन्सिङ गरिएको छ । 

सरकारले कोरोनाको समयमा बेलायतसँग जिन सिक्वेन्सिङ गर्न सम्झौता गरेको थियो । तर, अहिले नेपालमा कोरोना संक्रमण न्यून भएकाले सम्भव देखिएको छैन । हरेकपटक १५० वटा नमुना जिन सिक्वेन्सिङका लागि बेलायत पठाउनुपर्नेमा दैनिक सातदेखि १० जना पोजिटिभ आउँदा पठाउन नसकिएको प्रयोगशालाले जनाएको छ । हाल नेपालमा दैनिक औसत १० जना कोरोना संक्रमित पुष्टि भएका छन् ।