१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
वीरेन्द्रकुमार माझी, प्रमुख हनुमाननगर कंकालिनी नगरपालिका
सौरभ यादव सप्तरी
२o८१ बैशाख २४ सोमबार o७:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
निर्वाचन प्रिन्ट संस्करण

सिके राउत नेतृत्वको जनमत पार्टीले जित्यो एक नगरपालिका

Read Time : > 1 मिनेट
सौरभ यादव, सप्तरी
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:५३:oo

तराई मधेसमा सशस्त्र गतिविधि गर्दै आएको सिके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय निर्वाचनमा पहिलोपटक एक नगरपालिकामा जित निकालेको छ । मूलधारको राजनीतिमा आएको दुई वर्षपछि जनमत पार्टीले स्थानीय निर्वाचनमा सफलता प्राप्त गरेको हो । २४ फागुन ०७५ मा जनमत पार्टी र सरकारबीच शान्तिपूर्ण सम्झौता भएको थियो । त्यसयता जनमत पार्टीले तराई मधेस केन्द्रित रहेर आफ्नो राजनीति अगाडि बढाउँदै आएको छ । 

जनमत पार्टीका वीरेन्द्रकुमार माझी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका प्रमुखमा विजयी भएका हुन् । उनले जनता समाजवादी पार्टीका उम्मेदवारलाई पराजित गरे । माझीले ६ हजार चार सय सात मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका निवर्तमान नगर प्रमुख शैलेशकुमार साहले ६ हजार दुई सय ४६ मत प्राप्त गरे । प्रतिस्पर्धामा तेस्रो भएको माओवादी केन्द्रका उम्मेदवार राहुलकुमार मण्डलले तीन हजार आठ सय ७३ मत ल्याए । 

मेयरमा पराजित साह सप्तरी १(ख) का प्रदेश सभा सदस्य एवं मधेस प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहका छोरा हुन् । निवर्तमान मेयर साह तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट निर्वाचित भएका थिए । 

जसपाकी सरिता सिपलिया यादव ६ हजार पाँच सय १२ मत प्राप्त गरी दोस्रोपटक उपप्रमुखमा विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीकी रेखादेवी मण्डलले पाँच हजार नौ सय ८२ मत प्राप्त गरिन् ।

राउतको घर भएको वडामा जनमत पार्टी विजयी
सीके राउतको घर रहेको वडा सप्तरीको महादेवा गाउँपालिका– २ मा जनमत पार्टीले वडाध्यक्षसहित प्यानलै जितेको छ । वडाध्यक्षमा जनमत पार्टीका उम्मेदवार जागेश्वरप्रसाद ईस नौ सय ६६ मत ल्याउँदै विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका अमरलाल मण्डलले ६ सय नौ मत प्राप्त गरे ।

सप्तरीका अन्य तीन पालिकाको नतिजा सार्वजनिक
सप्तरीका चार पालिकामा मतगणना सम्पन्न भएको छ । अग्निसाइर कृष्णासवरन गाउँपालिका, सप्तकोसी नगरपालिका, तिरुहुत गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाको मतगणना सम्पन्न भएको हो । सप्तरीका १८ मध्ये चार पालिकाको सम्पन्न मतपरिणामअनुसार सप्तकोसी नगरपालिका र तिरुहुत गाउँपालिकामा कांग्रेस विजयी भएको छ । अग्निसाइर कृष्णासवरन गाउँपालिकामा एमाले विजयी भएको छ ।

सप्तकोसी नगरपालिकामा कांग्रेसका कृष्णप्रसाद ढकाल चार हजार चार सय ६९ मत प्राप्त गरी प्रमुखमा विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान नगर प्रमुख उत्तमकुमार शर्माले दुई हजार नौ सय ६७ मत प्राप्त गरे । कांग्रेसकी रिताकुमारी चौधरी तीन हजार नौ सय ५८ मत प्राप्त गरी उपप्रमुखमा विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी संगीताकुमारी चौधरीले तीन हजार दुई सय मत ल्याइन् ।

तिरुहुत गाउँपालिकामा कांग्रेसका विजयकुमार यादव तीन हजार पाँच सय ५६ मत प्राप्त गरी अध्यक्षमा विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान गाउँपालिका अध्यक्ष हेमन्तकुमार बहडखेरले दुई हजार नौ सय १८ मत प्राप्त गरे ।

अग्निसाइर कृष्णासवरन गाउँपालिकामा एमालेका दिनानाथ चौधरी चार हजार आठ सय ७४ मत प्राप्त गरी अध्यक्षमा विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका निवर्तमान गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले तीन हजार आठ सय ८८ मत प्राप्त गरे । उपाध्यक्षमा कांग्रेसकी कल्पनाकुमारी चौधरी चार हजार दुई सय १६ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी शैलेन्द्रीदेवी लेखी थरुनीले तीन हजार चार सय ४९ मत ल्याइन् ।
 

ad
ad