१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
दीपक बोहरा दाङ
२o८१ बैशाख २० बिहीबार १o:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

दाङकाे शान्तिनगर गाउँपालिकामा कांग्रेस विजयी

Read Time : < 1 मिनेट
दीपक बोहरा दाङ
नयाँ पत्रिका दाङ
२o८१ बैशाख २० बिहीबार १o:४६:oo

दाङको शान्तिनगर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । कांग्रेसका प्रमोद बस्नेतले पाँच हजार सात सय १६ मत प्राप्त गरेर विजयी भएका छन् ।  एमालेका विष्णु केसी चार हजार पाँच सय २४ मत प्राप्त गरी पराजित भए । उनीहरूबीचको मतान्तरण एक हजार एक सय ९२ रहेकाे छ ।  

यसैगरी, उपाध्यक्षमा कांग्रेसकी प्रेमा बुढाथोकीले पाँच हजार सात सय ५० मत ल्याएर विजयी भएकी छिन् । उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी कमला भण्डारीले चार हजार २८ मत प्राप्त गरेकी छिन् । 

त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार मोहन वलीले दुई हजार सात सय ९४ मत ल्याएका छन् । उपाध्यक्ष राधिका परियारले तीन हजार ८० मत प्राप्त गरेकी छिन् । यसअघि पनि शान्तिनगरमा कांग्रेसले नै जितेको थियो ।  शान्तिनगरमा २० हजार आठ सय ६३ मध्ये १४ हजार आठ सय एक मत खसेको थियो ।  

वडामा एमालेले थप्यो सिट 
०७४ सालको स्थानीय तहको निर्वाचनमा शान्तिनगर गाउँपालिकामा एमालेले एउटा मात्रै वडा जितेको थियो ।  माओवादीले तीनवटा र कांग्रेसले तीनवटा वडा जितेको थियो । तर, यसपटक एमालेले एउटा वडा थप्न सफल भयो । एमालेले वडा नं. ४ र ६ जित्न सफल भयो । यसअघिको निर्वाचनमा पनि एमालेले ४ नम्बर वडा जितेको थियो । कांग्रेसले जितेको ६ नम्बर वडा पनि जित्न सफल भएको छ । 

ad
ad