१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०७७ पौष २३ बिहीबार १९:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राप्रपा नेता बोहरा भन्छन्– राजासहितको लोकतन्त्रका लागि निर्वाचनमा भाग लिन्छौँ 

Read Time : < 1 मिनेट
२०७७ पौष २३ बिहीबार १९:०१:००

राप्रपाका नेता दीपक बोहराले जनताले ताजा जनादेश खोजेको बताउँदै आगामी १७ र २७ वैशाखको निर्वाचनमा भाग लिने बताएका छन् । उनले राजासहितको लोकतन्त्र स्थापना हुनुपर्नेमा जिकिरसमेत गरे । 

सर्वदलीय बैठकबाट अनुमोदन गरेर राजासहितको लोकतन्त्र स्थापना हुनुपर्ने पक्षमा राप्रपा रहेको उनले बताए । जनताले ताजा जनादेश खोजेकाले सरकारको असंवैधानिक कदमको विरोध गर्दै निर्वाचनमा भाग लिने निर्णय गरेको उनले जानकारी दिए । 

लुम्बिनी प्रेस क्लबले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बोहराले विप्लवदेखि राजासम्म अटाउने सर्वदलीय गोलमेच सम्मेलनमार्फत देशको निकास निकाल्नुपर्नेमा जोड दिए । पहिलाजस्तो सक्रिय राजतन्त्र नभएर राजासहितको लोकतन्त्र स्थापन हुनुपर्ने उनको भनाइ छ । राप्रपाले मुख्य रूपमा राजासहितको लोकतन्त्र र धार्मिक स्वतन्त्रतासहितको हिन्दूराष्ट्र माग गरेको उनले बताए । 

बोहराले जनताले नेकपालाई दिएको दुईतिहाइ मतको प्रतिफल प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर दिएको उनको भनाइ छ । प्रतिनिधिसभा विघटनबारे अदालतको निर्णय आफूहरूलाई मान्य हुने उनले बताए ।