मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज २३ आइतबार
  • Saturday, 12 July, 2025
२o७९ असोज २३ आइतबार १४:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले-जसपा गठबन्धनबाट रुपन्देही- ३ मा राप्रपाका दीपक बोहरा उम्मेदवार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २३ आइतबार १४:४६:oo

रुपन्देही क्षेत्र नम्बर ३ बाट राप्रपा वरिष्ठ नेता दीपक बोहराले उम्मेदवारी दर्ता गराएका छन्। नेकपा एमाले र जसपासँगको समर्थनमा बोहराले उमेदवारी दर्ता गराएका हुन्।

रुपन्देही क्षेत्र नम्बर ३ को (क) बाट प्रदेश सभामा जसपाका महेन्द्र यादवले मनोनयन दर्ता गराएका छन् भने नेकपा एमालेको तर्फबाट प्रदेश (ख) मा तुलसी चौधरीले मनोनयन दर्ता गराएका छन्।

लामो समयदेखि रुपन्देहीलाई राजनीतिक थलो बनाएका राप्रपाका वरिष्ठ नेता बोहराले उम्मेदवारी दर्ता गराएका हुन्।

गत निर्वाचनमा पनि बोहराले यसै क्षेत्रबाट उम्मेदवारी दिएका थिए। अघिल्लो निर्वाचनमा कांग्रेसको समर्थन रहेका बोहरालाई वामगठबन्धनका उमेदवार घनश्याम भुसालले पराजित गरेका थिए। 

यसपटक बोहरा गृहमन्त्री बालकृण खाणसँग प्रतिस्पर्धा गर्दै छन्। बाेहराले नेकपा एमाले र जसपाको साथ रहेको यस निर्वाचनमा आफूले भारी मतका साथ निर्वाचन जित्ने प्रतिक्रिया दिएका छन्।