१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o६:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

दार्चुलाको अपिहिमाल  १ मा गठबन्धनका उम्मेदवार विजयी, पालिकामा पनि गठबन्धनकै अग्रता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:४८:oo

दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर १ मा गठबन्धनका पोखर सिंह लोथ्यारसहितको प्यानल विजयी भएको छ । शुक्रबार भएको स्थानीय तह निर्वाचनमा लोथ्यार १ सय ८३ मतसहित  विजयी भएका हुन् । त्यस्तै उनका प्रतिस्पर्धी नेकपा एमालेका भरतसिंह धामीले १ सय ५६ मत ल्याए ।

लोथ्यार कांग्रेसका तर्फबाट गठबन्धनका उम्मेदवार बनेका थिए  । त्यस्तै पालिकामा गठबन्धनको तर्फबाट अध्यक्ष नेकपा माओवादी केन्द्रका भगतसिंह ठेकरे बोहोराले २ सय २ मत ल्याएका छन् भने एमालेका धर्मानन्द मन्यालले १ सय २३, उपाध्यक्षमा कांग्रेसकी देवकी बोहोराले १ सय ६६ र एमालेकी उर्मीला बोहोराले १ सय २१ मत ल्याएकी छन् । 

अहिले दार्चुलाको अपिहिमाल, मार्मा नौगाड, दुहु,  मालिकार्जुन र लेकम गाउँपालिकामा मतगणना भइरहेको छ । व्यास गाउँपालिका १ को मतपेटिका ल्याउन हेलिकप्टर आउँदै छ । २ वटा नगरपालिकामा आजबाट गणना हुनेछ । 

ad
ad