१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o८:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एन्फा अध्यक्ष शेर्पालाई पूर्वअध्यक्ष थापाको चुनौती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:४७:oo

अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई आफूमाथि लगाएका आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले थापामाथि १० वर्ष प्रतिबन्ध लगाएको छ । एन्फा अध्यक्ष शेर्पाले सामाजिक सञ्जाल र विभिन्न कार्यक्रममार्फत आफूमाथि झुटो आरोप लगाइरहेको थापाले दाबी गरेका छन् ।

हुँदै नभएको आरोपले आफू र परिवारमाथि चोट पुगेको, मानसिक रूपमा पीडित बनेको एन्फाका पूर्वअध्यक्ष थापाले बताए । फिफाको कारबाही भोगिरहेका थापाले बुधबार पत्रकार सम्मेलन गरी आफूमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका हुन् । उनले एन्फा अध्यक्ष शेर्पाले आरोप प्रमाणित गरे फुटबलबारे कुनै टिप्पणी नगर्नेसमेत बताए ।

०७१ सालमा एन्फाका तत्कालीन उपाध्यक्ष शेर्पाले थापाले अनियमितता गरेको भन्दै संसद्को सार्वजनिक लेखा समितिमा उजुरी दिएका थिए । १२ असोज २०७१ मा लेखा समितिले थापा संलग्न एन्फाका विभिन्न परियोजनामा ५८ करोड रुपैयाँ अनियमितता भएको आशंकामा छानबिन गर्न अख्तियारलाई निर्देशन दिएको थियो । अख्तियारले यस विषयलाई तामेलीमा राख्यो ।

शेर्पाको आरोपको आधारमा फिफाको विशेष टोलीले छानबिन गरेको थापाले जानकारी दिए । ‘एन्फा अध्यक्ष शेर्पाले लगाएका आरोपका विषयमा अख्तियार र फिफाले पठाएको विशेष टोलीले छानबिन गरेको थियो, छानबिनपछि मलाई सफाइ दिइयो,’ उनले भने, ‘लेखा समितिले मलाई कहाँ कारबाही गरेको छ ?’ थापाले एन्फाको आसन्न निर्वाचनअघिको पत्रकार सम्मेलन संयोग मात्र भएको बताए । एन्फा निर्वाचन ६ असारमा हुँदै छ । थापाले शेर्पालाई बुँदागत रूपमा १४ वटा आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।

कुनै व्यक्तिमाथि अप्रमाणित आरोप लगाउँदा फिफा र एन्फाको विधानअनुसार कारबाही गर्न सकिने प्रावधान रहेको थापाले बताए । स्थानीय तह निर्वाचनपछि ३ जेठबाट प्रक्रिया अघि बढाउनेसमेत उनले जानकारी दिए । 

ad
ad