मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
रासस/एएफपी कोलम्बो
२०७९ बैशाख २७ मंगलबार ०६:२९:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

श्रीलंकामा भिडन्त हुँदा सांसदसहित दुईजनाको मृत्यु, १३९ घाइते    

Read Time : < 1 मिनेट
रासस/एएफपी कोलम्बो
२०७९ बैशाख २७ मंगलबार ०६:२९:००

श्रीलंकामा भएको हिंसामा सोमबार सत्तारूढ दलका एक सांसदसहित दुईजनाको मृत्यु हुनाका साथै कम्तीमा एक सय ३९ जना घाइते भएको प्रहरी र अस्पतालका अधिकारीहरूले बताएका छन् ।

सांसद अमरकिर्थी अथुकोरालाले कारलाई रोक्ने क्रममा गोली चलाउँदा दुईजना गम्भीर घाइते भएको र घाइतेमध्ये एकजनाको पछि मृत्यु भएको प्रहरीले जनाएको छ । सांसदले ‘त्यसपछि आफ्नो रिभल्भरले आफ्नै ज्यान लिएको’ एक प्रहरी अधिकारीले एएफपीलाई टेलिफोनमा भनेका छन् ।

कोलम्बोमा भएको झडपमा एक सय ३८ जना घाइते भएकालाई अस्पतालमा उपचार आवश्यक रहेको कोलम्बो नेसनल अस्पतालका प्रवक्ता पुष्पा सोयसाले एएफपीलाई बताइन् ।