मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर
२०७९ बैशाख २४ शनिबार १९:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संविधानको रक्षाका लागि पाँचदलीय गठबन्धन आवश्यक छ : शेरबहादुर देउवा (भिडियोसहित)

Read Time : < 1 मिनेट
२०७९ बैशाख २४ शनिबार १९:१३:००

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले  केपी ओलीले मुलुकमा अधिनायकवादी व्यवस्था लाद्न खोजेपछि आफूहरूले गठबन्धन गर्नुपरेको दाबी गरेका छन् । देउवाले सत्तारुढ गठबन्धन मुलुकमा संघीयता र संविधानको रक्षाको लागि आवश्यक रहेको दोहोर्याए । 

शनिबार जनकपुरमा आयोजित सत्तारुढ गठबन्धनको आमसभामा उनले कांग्रेसको महाधिवेशनबाट समेत गठबन्धनलाई अनुमोदन गरिएको कारणले यसको औचित्यमाथि कांग्रेसले प्रश्न उठाउन नसक्ने बताए । देउवाले तराई मधेसमा नागरिकताको समस्या रहेको बताउँदै यसलाई छिटो समाधान गर्ने आश्वासनसमेत दिए। 

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसमा विद्यमान नागरिकताको समस्या समाधान गर्ने आश्वासन दिए । उनले विगतमा एमालेको कारण नागरिकता समस्या समाधान हुन नसकेको आरोप पनि लगाए । प्रचण्डले अब सदन खुल्नेबित्तिकै नागरिकता समस्या समाधान हुने बताए । 

जसपा अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाका लागि पाँचदलीय गठबन्धन भएको बताए । पाँचदलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न यादवले अपिल गरे ।