मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ बैशाख २३ शुक्रबार
  • Thursday, 13 August, 2026
२o७९ बैशाख २३ शुक्रबार १३:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मधेस प्रदेश कोरोनामुक्त, ८२ प्रतिशतले लगाए पूर्ण खोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २३ शुक्रबार १३:२२:oo

मधेस प्रदेश कोरोना संक्रमणमुक्त प्रदेश बनेको छ। मधेस प्रदेशका आठवटै जिल्लामा संक्रमितको संख्या शून्यमा झरेपछि प्रदेश संक्रमणमुक्त बनेको हो।

कोरोना महामारी सुरु भएयता प्रदेशमा हालसम्म ४१ हजार चार सय १७ संक्रमित भएकामा ४० हजार तीन सय ५५ निको भएर घर फर्किएका मधेस प्रदेश स्वास्थ्य निर्देशनालय धनुषाले जनाएको छ। संक्रमणकै कारण प्रदेशमा एक हजार ६२ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशक विजयकुमार झाले जानकारी दिए।

संक्रमणकै कारण हालसम्म बारामा एक सय ८१, सप्तरीमा एक सय ६१, सिराहामा तिन सय ३५, धनुषामा एक सय ३२, पर्सामा एक सय ३२, रौतहटमा एक सय २९, सर्लाहीमा ९३ र महोत्तरीमा ९१ जनाको मृत्यु भइसकेको निर्देशनालयले जनाएको छ।

यस्तै, प्रदेशमा करिब ८२ प्रतिशतले कोभिड– १९ विरुद्धको पूर्ण डोज खोप लगाएका छन्। सार्वजनिक सेवाका लागि खोपकार्ड अनिवार्य गरेको र खोपसम्बन्धी निरन्तरको प्रचारप्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण कोभिड– १९ विरुद्धको खोप लगाउने दर बढेको निर्देशक झाले बताए। रासस