१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७९ बैशाख १५ बिहीबार ११:२१:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

 आइसिसी विश्वकप लिग–२ : नेपालको पहिलो खेल ओमानसँग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ बैशाख १५ बिहीबार ११:२१:००

प्रतियोगिताको शीर्ष तीन स्थानमा रहने टोली सन् २०२३ को एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुने

आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले जेठको तेस्रो सातामा ओमानविरुद्ध खेल्ने भएको छ । अन्तर्राष्ट्रिय काउन्सिल (आइसिसी)ले बुधबार जारी गरेको खेल तालिकाअनुसार आयोजक अमेरिकासहितको त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमै नेपालले ओमानको सामना गर्न लागेको हो ।

नेपालको पहिलो खेल २६ जेठमा ओमानसँग छ । सिरिजमा ओमानले सर्वाधिक ३२ खेलबाट ४० अंक बटुलेको छ । ओमान सिरिजको शीर्ष स्थानमा छ । ओमानले अहिलेसम्म १९ जित, ११ हार र एक बराबरी नतिजा निकालेको छ । 

विश्वकप लिग–२ मा सबैभन्दा कम खेल खेल्ने राष्ट्र नेपाल हो । नेपालले १२ खेलमा समान ६ जित र हार निकालेको छ । नेपाल १२ अंकका साथ तालिकाको सातौँ स्थानमा छ । आयोजक अमेरिकाले २२ अंक जोड्दा १० खेलमा १० जित र ६ हार व्यहोरेको छ । 

प्रतियोगितामा सहभागी सात टिममध्ये शीर्ष तीन स्थानमा रहने टोली सन् २०२३ को एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछ । चौथोदेखि सातौँ स्थानमा रहने टोलीले एकदिवसीय विश्वकप ‘प्ले अफ’ खेल्नेछन् । नेपालको यो विश्वकप लिग–२ मा चौथो त्रिकोणात्मक सिरिज हो । नेपालले अमेरिकामा सिरिज खेलेपछि त्यहीँबाट नै स्कटल्यान्ड भ्रमण गर्नेछ । आइसिसी विश्ववकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा नेपाल र नामिबियाबीच सिरिज हुनेछ । 

 जिम्बाबेविरुद्धको तयारी
अमेरिका भ्रमण गर्नुअघि नेपालले टेस्ट मान्यता प्राप्त जिम्बाबेको ‘ए’ टोलीविरुद्ध एकदिवसीय तथा टी–२० खेल खेल्नेछ । नेपालविरुद्ध प्रतिस्पर्धा गर्न लागेको जिम्बाबेको ‘ए’ टोलीमा आठजना खेलाडीले सिनियर टोलीबाट अनुभव बटुलिसकेका छन् । नेपालले कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १७ देखि २६ वैशाखसम्म तीन एकदिवसीय र तीन टी–२० खेल खेल्नेछ । जिम्बाबेको टोली टेस्ट मान्यता प्राप्त नहुँदा सिरिजले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छैन । लिस्ट ए र टी–२० मान्यता नहुँदा यो सिरिज अभ्याससरह हुनेछ ।