१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ बैशाख १४ बुधबार १५:४१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुखमा अँगार भएकाले कालै ओकल्छ, बालकोट गएर ओलीलाई ट्युसन पढाउँछु : कांग्रेस महामन्त्री थापा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ बैशाख १४ बुधबार १५:४१:००

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेसको घोषणापत्रबारे गरेको टिप्पणीप्रति प्रतिक्रिया जनाउँदै ‘मुखमा अँगार भएकाले कालै ओकल्ने’ प्रतिक्रिया दिएका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री थापाले ओलीले झुट बोल्ने र कसैले उनको झुटमाथि प्रश्न गर्‍याे भने पागल भनेर गाली गर्ने बताए । 

‘केपी ओलीले मुख छाड्नु नयाँ कुरा भएन । जसको मुखमा अँगार छ, उसले ओकल्ने कालै हो । यो कुनै नयँ कुरा भएन,’ उनले भने, ‘केपी ओली झुट बोल्नुहुन्छ । कोही आँट भएको मान्छेले तपाईं झुट बोल्दै हुनुहुन्छ भन्यो भने सनक्क सन्केर पागल भन्नुहुन्छ ।’ओलीलाई आफ्नो प्रशंसाको एकलाप सुन्ने बानी भएको र कांग्रेसको घोषणापत्रमा एकपछि अर्को गरेर उनको झुटको पर्दाफास गरेकाले ओलीले सहन नसकेको उनको भनाइ छ । 

‘केपी ओलीलाई लजिक मन पर्दैन, म्याजिक मन पर्छ । यो घोषणापत्रमा म्याजिकको कुरा छैन । लजिकको कुरा छ । मैले महाधिवेशनका वेला समुन्नत नेपालको अवधारणा अघि सार्दै गर्दा यो मेरो आइडिया थियो, चोर्‍याे भन्नुभयो । हिजो पनि चोर्‍याे, चोर्‍याे भन्नुभएछ,’ थापाले भने, ‘उहाँलाई पनि मलाई पनि अहिले दौडधुप छ । अलिकति भ्याएको वेलामा म उहाँलाई बालकोटै गएर ट्युसन पढाउँछु ।’  

थापाले कांग्रेसबाट बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता लिन आग्रहसमेत गरे । कांग्रेसभित्र स्थानीय तह निर्वाचनका लागि टिकट वितरण गर्दा कतै विधान उल्लंघन गरिएको, कतै व्यक्तिगत पूर्वाग्रह राखेर टिकट वितरण गरिएको भन्दै त्यसको हिसाबकिताब हुने उनले बताए ।