१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o८:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

मुख्यमन्त्री महिला गोल्डकप : उपाधिका लागि एपिएफ र पुलिस भिड्दै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:२७:oo

दुई विभागीय टोली नेपाल पुलिस र एपिएफ कैलालीको धनगढीमा सञ्चालन भइरहेको प्रथम राष्ट्रिय मुख्यमन्त्री महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्दै छन् । धनगढी रंगशालामा प्रतियोगिताको फाइनल खेल साँझमा हुनेछ । वनदेवी युवा क्लबको आयोजनामा सञ्चालित प्रतियोगिताको उपाधि जित्ने पक्षमा दुवै क्लबका कप्तान र प्रशिक्षकले दाबी गरेका छन् । धनगढी रंगशालामा शुक्रबार प्रि–म्याच कन्फ्रेन्समा एपिएफकी कप्तान अनिता बस्नेतले खेलाडी उत्कृष्ट लयमा रहेका कारण उपाधि जित्ने बताइन् । 

‘साँझको समयमा प्रतिस्पर्धा गर्नुपर्दा केही कठिनाइ छ, तर हामी उत्कृष्ट फर्ममा छौँ, उपाधि हामी नै जित्छौँ,’ बस्नेतले भनिन्, ‘पहिलोपटक लाइटमा खेल्न आउँदा गाह्रो भइरहेको छ ।’ एपिएफ सात वर्षपछि प्रतियोगिताको फाइनलमा पुगेको हो । एपिएफका प्रशिक्षक जनकसिंह थारूले फाइनलका लागि सबै तयारी भएको बताए । ‘हामीले उपाधि भिडन्तअनुसारै तयारी गरेका छौँ, एपिएफ टोली प्रतिस्पर्धा गर्न तयार छ,’ प्रशिक्षक थारूले भने ।

नयाँ अनुभव
एपिएफले जस्तै पुलिसकी कप्तान घिमकुमारी गुरुङले उपाधि जित्ने बताइन् । निकै लामो समयपछि प्रतियोगिताको फाइनलमा पुगेकाले खेलाडी उत्साहित भएको उनले जनाइन् । ‘हामी लामो समयपछि फाइनल खेलिरहेका छौँ, यसलाई मौकामा बदल्ने प्रयास गर्छौँ,’ गुरुङले भनिन्, ‘फाइनल जित्नका लागि खेल्छौँ, सबैजनाले त्यहीअनुसार तयारी गरेका छौँ ।’ प्रतियोगितामा खेलाडीहरूले नयाँ अनुभव गरिरहेको उनको भनाइ छ । गुरुङले भनिन्, ‘लाइटमा खेलाडीहरूले नयाँ अनुभव लिइरहेका छन्, दिउँसो खेलेको भए गर्मी हुन्थ्यो, तर राति हुँदा हामीलाई सजिलो पनि भएको छ ।’

यसैगरी, पुलिसका प्रशिक्षक सञ्जीव जोशीले फाइनल जित्नकै लागि खेल्ने बताए । ‘पुलिस धेरै वर्षपछि फाइनलमा पुगेको छ, हामी जित्नका लागि खेल्छौँ,’ प्रशिक्षक जोशीले भने, ‘मैदानमा केही समस्या छ, सबैले राम्रो गरिरहेका छन् । 
 

ad
ad