१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ९ शुक्रबार
  • Wednesday, 02 July, 2025
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख ९ शुक्रबार १२:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सबै कम्युनिस्ट घटकलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख ९ शुक्रबार १२:२५:oo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनबाट विभाजित सबै नेता, कार्यकर्तालाई एकतामा आउन आह्वान गरेका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा नेपाल कम्युनिस्ट पार्टीको ७३औँ स्थापना दिवस तथा १५२औँ लेनिनजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी आन्दोलनबाट विभाजित सबै नेता–कार्यकर्ता तथा पार्टीहरूलाई एकताबद्ध हुन आह्वान गरेका हुन्।

जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका मुद्दाहरू उल्ट्याउने षड्यन्त्र भएको भन्दै उनले जनताको अधिकार र पहिचानका पक्षधरहरू एकताबद्ध हुन आवश्यक रहेको औँल्याए। माओवादी आन्दोलनमा उत्साहपूर्ण ध्रुवीकरणको प्रक्रिया सुरु भएको भन्दै उनले विगतमा पार्टी छोडेर जानेहरूले विभाजनको औचित्य पुष्टि गर्न नसकेर मूल घरमै फर्किने क्रम बढेको बताए।

‘म सबै माओवादी आन्दोलनका उपज सबै धाराका नेता–कार्यकर्तालाई विशेष रूपले अपिल गर्न चाहान्छु, आउनुहोस् अहिले पनि देशमा जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका मान्यताहरू, मुद्दाहर उल्ट्याउने षड्यन्त्र भइनै राखेको छ। संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र जनताको घरदैलोमा पुगेको अधिकार खोस्ने षड्यन्त्र भइराखेकै छ। अहिले पनि यो देशका महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारू, मुस्लिमलगायत उत्पीडित जनताले पाएका अधिकार र पहिचानहरू खोस्ने षड्यन्त्र रोकिएको छैन,’ उनले भने, ‘त्यसकारण म सबै परिवर्तनमा सहभागी माओवादी र सबै कम्युनिस्ट आन्दोलनका क्रान्तिकारी नेता, कार्यकर्ताहरूलाई विशेष रूपले अपिल गर्न चाहन्छु।’