१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख ७ बुधबार ०७:२७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

दिल्लीमा बढ्यो संक्रमण : दैनिक संक्रमणदर ७.७२ प्रतिशत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख ७ बुधबार ०७:२७:००

दिल्लीको एनसिआर क्षेत्रका सयभन्दा बढी स्कुलका विद्यार्थीमा कोभिड संक्रमण

भारतको दिल्लीमा पछिल्लो सातायता कोभिड संक्रमण नियमित बढ्दै गएको छ । सोमबार देशभर एक हजार दुई सय ४७ नयाँ संक्रमितमध्ये पाँच सय एकजना संक्रमित दिल्लीमा मात्र भेटिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै दिल्लीमा मात्र सक्रिय संक्रमितको संख्या एक हजार सात सय २९ पुगेको छ । दिल्लीमा दैनिक संक्रमणदर बढेर ७.७२ प्रतिशत पुगेको छ । 

दिल्लीमा बालबालिकामा संक्रमण बढेसँगै कोभिड संक्रमणदर उकालो लागेको छ । नयाँ शैक्षिक सत्र लागू भएसँगै विद्यालयहरूमा बढेको भिडभाडले संक्रमण दर फैलिएको जनाइएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार दिल्लीको एनसिआर क्षेत्रका एक सयभन्दा बढी स्कुलका विद्यार्थीमा कोभिड देखिएको छ । 

केरलाका विद्यालयहरूमा समेत संक्रमण बढ्न थालेको छ । भारतमा यो साताको दैनिक औसत संक्रमण दरसमेत बढेर एक हजार दुई सय २८ पुगेको छ । भारतमा हाल ओमिक्रोनको बिए.२ भेरियन्ट फैलिइरहेको छ । बालबालिकामा खोपको अभावका कारण संक्रमणको जोखिम बढिरहेको विज्ञहरूले बताएका छन् ।

दिल्ली र नोयडाका स्वास्थ्य अधिकारीहरूले स्कुलमा स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्न र हेल्थ डेस्क स्थापना गर्न निर्देशन दिएका छन् । विद्यार्थीमा संक्रमण देखिए केही दिनका लागि पूरै स्कुल बन्द गर्न पनि निर्देशन दिइएको छ । ज्वरो, रुघाखोकीजस्ता समस्या देखिए बालबालिकालाई स्कुल नपठाउन अभिभावकलाई आग्रहसमेत गरिएको छ ।

भारतमा कोरोना संक्रमण फैलिएसँगै नेपालमा पनि संक्रमण दर बढ्ने जोखिम छ । यद्यपि, नेपालमा ओमिक्रोनको बिए.२ यसअघि नै फैलिइसकेका कारण तत्काल असर नपर्ने भाइरोलोजिस्टहरूले बताएका छन् ।