१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o८:४७:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

भरतपुर महानगर : पेचिलो भिडन्त

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:४७:oo

भरतपुर महानगरमा माओवादी केन्द्रकी रेनु दाहालले अहिले नेतृत्व गरिरहेकी छिन् । भरतपुर, देशका ६ महानगरमध्ये महिलाले नेतृत्व गरेको एक मात्र महानगर हो । ०७४ को निर्वाचनमा माओवादी र नेपाली कांग्रेसको साझा उम्मेदवारका रूपमा दाहाल निर्वाचित भएकी हुन् । आगामी कार्यकालका लागि पनि रेनु आकांक्षी देखिएकी छन् । तर, प्रमुख सत्तासाझेदार नेपाली कांग्रेसको स्थानीय नेतृत्व रेनुलाई दोहोर्‍याउने पक्षमा छैन । सत्तागठबन्धको नेतृत्व तहमा भरतपुरको नेतृत्व माओवादीलाई दिने समझदारी बनेको बताइए पनि स्थानीयस्तरमा त्यस्तो कुनै निर्णय छैन । त्यसैले आकांक्षी पनि धेरै छन् । 

 कांग्रेसमा दुई दर्जन आकांक्षी
केही दिनअघि चितवन कांग्रेसको भरतपुर महानगर समितिले उम्मेदवार बन्न चाहनेहरूसँग आवेदन माग गरेको थियो । त्यहाँ मेयरमा २५ र उपमेयरमा २४ जनाले दाबी पेस गरे । महानगरको मेयर र उपमेयर दाबी गर्नेमा पूर्वमन्त्री, सांसद र पार्टीका केन्द्रीय सदस्यहरूसमेत छन् । बागमती प्रदेशका वर्तमान उद्योगमन्त्री मिलनबाबु श्रेष्ठले भरतपुरको मेयरमा दाबी गर्दै निवेदन दिएका छन् । केन्द्रीय सदस्यद्वय दिनेश कोइराला र टेकप्रसाद गुरुङले पनि मेयरमा दाबी गरेका छन् ।

कोइरालाले गत निर्वाचनमा पनि मेयरमा उम्मेदवारी मनोनयन गरेका थिए । पछि माओवादीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिए । गुरुङ पार्टीका पूर्व जिल्ला सभापतिसमेत हुन् । उम्मेदवार बन्न आकांक्षा राख्ने अन्यमा निवर्तमान जिल्लासचिव उत्तम जोशी, पूर्वसांसद जगन्नाथ पौडेल, महानगर सभापति चित्रसेन अधिकारी, महानगरका पूर्वसभापति भरत अधिकारी, पूर्व जिल्ला कोषाध्यक्ष शंकर कँडेल, हालकी उपमेयर पार्वती शाह ठकुरीको पनि मेयरमा दाबी छ । 

यस्तै, नेताहरू नीलकण्ठ रिजाल, रामप्रसाद अधिकारी, तारानाथ पौडेल, विजय शर्मा भुसाल, दीर्घमान श्रेष्ठ, गौरीकुमारी श्रेष्ठ, मीनाकुमारी खरेल, सुबोध प्रधान, शम्भुप्रसाद अर्याल, भरत गुरुङ, प्रकाश अधिकारी, केशवभक्त सापकोटा, राजेन्द्र डोटेल, सूर्यकान्त घिमिरे, हिरामणि अधिकारी र घनश्याम दुवाडीले पनि मेयरको उम्मेदवार बन्ने आकांक्षा राखेका छन् । 

उपप्रमुखको दौडमा २४ जना देखिएका छन् । टंकनाथ पौडेल, तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरु कार्की, कल्पना पौडेल, देवेन्द्र गुरुङ, पूर्णबहादुर गुरुङ, राजीव न्यौपाने, वीरेन्द्र केसी, भूपतिदास सापकोटा, केदारनाथ बरालले दाबी गरेका छन् । यस्तै, रविभद्र शर्मा खनाल, निर्मलराज पौडेल, सुरवीर पोख्रेल, महेन्द्र श्रेष्ठ, एलिसा अधिकारी, सूर्यनाथ अधिकारी, गीता गुरुङ, बिनु रायमाझी पौडेल, विजय घले, गौरा खरेल अधिकारी, भोजराज कौडाल र विदुर केसी पनि दाबेदार छन् । 

 रेनुलाई दोहो¥याउने माओवादी तयारी
भरतपुर महानगरको वर्तमान नेतृत्व माओवादीले गरिरहेको छ । माओवादीको आधिकारिक निर्णय नआए पनि रेनु दाहाललाई नै मेयरमा दोहोर्‍याउने देखिन्छ । विकास, समृद्धिको मोडेल भरतपुरलाई लिइएको र माओवादीको संगठनात्मक आधार पनि भएकाले भरतपुरको अधुरा सपना पूरा गर्न माओवादीले पुनः आफूलाई मेयर उठाउन चाहेको भनाइ उनको छ । ‘अघि बढेका योजनाहरू सम्पन्न गर्ने र विकासका परियोजनाहरू पूर्णता दिनु छ,’ उनले भनिन्, ‘मेरो इच्छा चाहनाभन्दा पनि सबैले आवश्यकता ठान्नुभएको छ ।’ गठबन्धन हुने र मेयरमा रेनु दाहाल पुनः उम्मेदवार हुने ठानेर माओवादीका अन्य देखिएका छैनन् । नगरको मेयर पाएपछि उपमेयर माओवादीले नपाउने ठानेर उपमेयरमा समेत दाबी गर्नेहरू पनि देखिएका छैनन् । 

एकीकृत समाजवादीबाट भरतपुर महानगरमा आकांक्षी देखिएका छैनन् । एकीकृत समाजवादीका चितवन उपाध्यक्ष अरुण पीडित भण्डारीले गठबन्धनको निर्णयको प्रतीक्षामा रहेको बताए । यद्यपि, भरतपुर महानगर मेयरमा आफ्नो पार्टीको दाबी रहने भरतपुर २२ का वडा सदस्य रहेका एकीकृत समाजवादीका भरतपुर महानगरपालिका अध्यक्ष विष्णुलाल महतोको भनाइ छ । 

 विवेकशील साझाबाट काफ्ले, राप्रापामा गुरुङको चर्चा
भरतपुर महानगरपालिकाको आगामी नेतृत्वमा विवेकशील साझाले २८ वर्षीय इन्जिनियर प्रवीन काफ्लेलाई उठाउने तयारी गरेको छ । उपमेयरमा पुष्पा सापकोटाको नाम चर्चामा छ । राप्रापाको नेतृत्व गर्दै भरतपुर महानगरपालिकाको मेयरमा रीना गुरुङ उठ्ने चर्चा छ । यसअघि राप्रपाबाट मेयरमा उठेका बद्री तिमिल्सिना अहिले माओवादी केन्द्रमा छन् ।

 एमालेले टुंग्यायो मेयरको उम्मेदवार
विजय सुवेदी

भरतपुर महानगरपालिकामा एमालेले विजय सुवेदीलाई मेयर पदमा उठाउने निर्णय गरिसकेको छ । बागमती प्रदेश सभाका सदस्यसमेत रहेका सुवेदी पूर्वमन्त्री पनि हुन् । गत निर्वाचनमा उनी चितवन–२ ‘ख’ बाट प्रदेश सभा सदस्यमा विजयी भएका थिए । यसअघि मेयर पदको दाबी भएको भनिएका नेताहरूले नै सुवेदीलाई मेयरका लागि प्रस्ताव गरेका थिए । मेयर पदको प्रस्ताव गरे पनि उपमेयरमा कसैको नाम फिारिस भएको छैन । सुवेदीले चुनावकेन्द्रित गतिविधि पनि सुरु गरिसकेका छन् । उपमेयरमा गत निर्वाचनमा पराजित दिव्या आचार्य, जिल्ला समन्वय उपप्रमुख मुना श्रेष्ठसहित सीता पुन, निशा अधिकारी, शारदा कुमाल, शान्ति अधिकारी, सुनिता अधिकारी, विष्णु भण्डारी, गीता श्रेष्ठ, अन्जना गौतमलगायत आकांक्षी छन् ।
 

ad
ad