मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी नयाँ दिल्ली
२०७९ बैशाख ४ आइतबार १८:५३:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

रुस-युक्रेन युद्धपछि इजिप्टले भारतबाट गहुँ खरिद गर्ने 

Read Time : > 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
२०७९ बैशाख ४ आइतबार १८:५३:००

रुस र युक्रेनबाट ठूलो परिमाणमा गहुँ आयात गर्दै आएको इजिप्टले यसवर्ष भारतबाट गहुँ खरिद गर्ने भएको छ । इजिप्ट विश्वमा गहुँको सबैभन्दा ठूलो आयातकर्ता हो । इजिप्टको कृषि मन्त्रालय सम्बद्ध अधिकारीहरूले भारतको महाराष्ट्र, मध्य प्रदेश र पञ्जाबका विभिन्न प्रशोधन एकाइहरू, बन्दरगाह सुविधाहरू र फार्महरूको भ्रमण गरेपछि भारतबाट गहुँ खरिद सुनिश्चित गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

रुस र युक्रेन द्वन्द्वका कारण आपूर्ति अवरुद्ध भएकाले वैकल्पिक स्रोतबाट खाद्यान्न ल्याउने सम्भावनाको खोजी गरिरहेकोमा इजिप्टका अधिकारीले भारतबाट खरिद गर्ने निर्णयमा पुगेका छन् । भारतका वाणिज्यमन्त्री पीयूष गोयलले भारतबाट इजिप्टमा गहुँ निर्यात हुन लागेको जानकारी दिएका छन् । 

महिना दुबईको भ्रमणका वेला भारतीय केन्द्रीय वाणिज्य र उद्योगमन्त्री पीयूष गोयल र इजिप्टका योजना तथा आर्थिक विकासमन्त्री डा हाला एल–साइडबीच यसबारे छलफल भएको थियो । इजिप्टको खाद्य सुरक्षा सुनिश्चित गर्न उच्च गुणस्तरको गहुँ आपूर्ति गर्न भारतले प्रतिबद्धता त्यसबेलै जनाएको थियो । 

विगतमा भारतको गहुँ निर्यातकर्ता मुलुकको सूचीमा इजिप्ट थिएन । ‘हामीले यस वर्ष इजिप्टमा २० लाख टन गहुँ निर्यात गर्ने लक्ष्य राखेका छौँ,’ कृषि र प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरण (एपेडा) का अध्यक्ष एम अंगमुथुले भनेका छन् । 

‘रुस–युक्रेन द्वन्द्वका कारण खाद्यान्नको विश्वव्यापी माग बढ्दै गएपछि भारतले २०२२–२३ मा १ करोड टन गहुुँ निर्यातको लक्ष्य राखेको छ,’ अंगमुथुले दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भने । भारतले गत वर्ष ७०लाख टन गहुँ निर्यात गरेको थियो । जसमध्ये आधा जति बंगलादेश निर्यात भएको थियो । यस वर्ष पनि भारतीय बजारमा बंगलादेश, युएई, श्रीलंका, कतार,ओमान, मलेसियालगायतले गहुँको माग गरेका छन् ।

‘चालू आर्थिक वर्षमा हाम्रो गहुँ निर्यातमा उल्लेख्य वृद्धि गर्न हामीले अन्य मन्त्रालयहरू – कृषि, रेलवे, ढुवानी, निर्यातकर्ता र राज्य सरकारहरूसँग समन्वय गरिरहेका छौँ,’ केन्द्रीय वाणिज्यमन्त्री  गोयलको भनाइ छ ।