मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ बैशाख ३ शनिबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका महेन्द्रनगर
२o७९ बैशाख ३ शनिबार १६:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धामीझाँक्रीको भर पर्दा बिरामी महिलाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, महेन्द्रनगर
नयाँ पत्रिका
२o७९ बैशाख ३ शनिबार १६:३९:oo

धामीझाँक्रीको भर पर्दा कञ्चनपुरको बेदकाेटे नगरपालिका–६ मुसेपानीमा ४२ वर्षीया रन्चुला साउदको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीका अनुसार लामो समयदेखि बिरामी साउदलाई झारफुक गर्न धर्मानन्द भट्ट र नारायणदत्त भट्ट घरमा आउने गरेका थिए। झारफुककै क्रममा साउदको शुक्रबार राति मृत्यु भएको थियो। मृत्युको घटनाबारे शनिबार बिहान मात्रै प्रहरीलाई जानकारी प्राप्त भएको थियो।

स्थानीयवासीका अनुसार धामीझाँक्रीद्वयले झारफुकका नाममा साउदलाई सरिया तताएर कुटपिट गरेका थिए। प्रहरी उपरीक्षक चौधरीले झारफुकमा संलग्न भट्टद्वयलाई नियन्त्रणमा लिएको जनाउँदै महिलाको शवपरीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा पुर्याइएको बताए। 'घटनाबारे विस्तृत अनुसन्धान हुँदै छ,' उनले भने, 'दोषी जो कोही भए पनि कारबाहीको दायरामा ल्याइनेछ।'

बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन्। 'धामीझाँक्री हल्दुखाल र बाराकुन्डाका हुन् भन्ने आएको छ,' उनले भने, 'बिरामीले थला परेकी साउद तीन दिनदेखि गम्भीर हुँदा पनि धामीझाँक्री झारफुकमै लागेको भन्ने सुनियो।' रासस