कांग्रेसको स्थानीय तह निर्वाचन घोषणा-पत्रको मस्यौदा परिमार्जनसहित पारित

बुधबार, ३० चैत, २०७८
डिजिटल संस्करण
कांग्रेसको स्थानीय तह निर्वाचन घोषणा-पत्रको मस्यौदा परिमार्जनसहित पारित

फाइल तस्बिर

सत्तारुढ कांग्रेसले पार्टीको स्थानीय तह निर्वाचनको घोषणा-पत्रको मस्यौदा परिमार्जनसहित पारित गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बुधबार अपराह्न बसेको बैठकले केन्द्रीय सदस्यहरूको सुझाबलाई समेत समावेश गरेर घोषणा-पत्रको मस्यौदालाई पारित गर्ने निर्णय गरेको हो ।

पार्टी महामन्त्री गगनकुमार थापाले बैठकमा पेस गरेको मस्यौदामा केन्द्रीय सदस्यहरूको समेत सुझाबलाई ध्यानमा राखेर पारित गर्ने निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । 

बैठकले बन्दसूचीमा नाम रहेकाहरूलाई हटाउन निर्वाचन आयोगलाई पत्राचार गर्न पार्टी केन्द्रीय कार्यसमितिलाई अनुमति पनि दिएको छ । बैठकमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलका बारेमा भएको सहमतिबारे पनि बैठकमा जानकारी गराइएको प्रवक्ता महतले बताए । 

उनले भने, ‘कार्यसम्पादन समितिको बैठकमा घोषणा-पत्रमा भएका मूल विषयवस्तुलाई महामन्त्री गगन थापाले प्रस्तुत गर्नुभयो । त्यस सम्बन्धमा कार्यसम्पादन समितिका साथीहरूले आफ्नो सुझाबहरू प्रस्तुत गर्नुभयो । र, त्यो सम्पूर्ण सुझाबहरूलाई ध्यानमा राखेर केन्द्रीय सदस्यलाई पनि मेलबाट मस्यौदा पठाउने र त्यसको आधारमा परिमार्जनसहित घोषणा-पत्र पारित गर्ने निर्णय गरियो ।’

सुझावित समाचार