१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १७:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

तीन लाख घुससहित प्रधानाध्यापक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:३१:oo

रौतहटको एक विद्यालयका प्रधानाध्यापकलाई अख्तियारले घुससहित पक्राउ गरेको छ । जिल्लाको ईशनाथ नगरपालिका–७ मा रहेको बिपी कोइराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापकसहित दुईजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो । उनीहरूलाई बुधबार घुसको रकमसहित नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक राकेश ठाकुर र उनका सहयोगी दीपेन्द्रकुमार झालाई अख्तियारको केन्द्रीय कार्यालय टंगाल, काठमाडौंबाट खटिएको डिएसपी पुष्पमल्ल ठकुरी नेतृत्वको टोलीले सरुअठा चोकबाट नियन्त्रणमा लिएको हो । ठाकुरले आफ्नै विद्यालयको उच्च माध्यमिक तहमा अध्यापन गर्ने दुई शिक्षकको समय अवधि  म्याद थप गर्न जनही १ लाख पचास हजार रुपैयाँ लिएका थिए । त्यही वेला घुसको रकमसहित अख्तियारले नियन्त्रणमा लिएको हो । प्रधानाध्यापक ठाकुरले पैसा दिएपछि मात्र म्याद थप्ने माग अघि सारेपछि पीडित शिक्षकले अख्तियारलाई जानकारी गराएका थिए ।अख्तियारको टोलीले करारको शिक्षकको म्याद थप्ने बाहानामा तीन लाख रकम माग गरेको र उक्त रकमसहित दुबैलाई नियन्त्रणमा लिइएको हो ।

अख्तियारको टोलीले सामान्य सोधपुछपछि ठाकुर र सहयोगी झालाई आवश्यक कारबाहीका लागि बुधबार दिउँसो काठमाडौं लगेको छ । प्रधानाध्यापक ठाकुरले शिक्षक नियुक्ति र म्याद थप्ने बाहनामा शिक्षकहरूबाट रकम लिने गरेको स्थानीयको गुनासो छ ।

अख्तियारले डेढ महिनाको अवधिमा यस जिल्लाबाट घुसको रकमसहित पक्राउ गरेको यो दोस्रो घटना हो । एक महिनाअघि गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेल, लेखापाल प्रदीप यादव, योजनाका कर्मचारी मुकेश पटेल र नगरप्रमुखका स्वकीय सचिव अशोक पटेललाई नियन्त्रणमा लिएर काठमाडौं लगेको थियो । उनीहरू धरौटी तारेखमा रिहा भइसकेका छन् ।

ad
ad