मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ चैत २७ आइतबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २७ आइतबार १३:४१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

तोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २७ आइतबार १३:४१:oo

सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख तीन सय रुपैयाँ पुगेको  छ। अघिल्लो दिन प्रतितोला ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला  आठ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय रुपैयाँ कायम भएको छ। यसको मूल्य शुक्रबार प्रतितोला ९९ हजार रुपैयाँ थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार तीन सय ६५ पुगेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ महासंघले दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार नाै सय ४७ डलरआसपास कारोबार भइरहेको छ। रासस