१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १७:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आजदेखि निर्वाचन आचारसंहिता लागू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:५५:oo

स्थानीय तह निर्वाचन आचारसंहिता लागू भएको छ। निर्वाचन आयोगले आज (शुक्रबार) देखि नै आचारसंहिता लागू भएको जनाएको छ।  आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

आयोगले सामाजिक सञ्जाल प्रयोगलाई मर्यादित बनाउन आग्रह गरेको छ। राजनीतिक दल वा उम्मेदवारले आफ्नो निजी विचार वा आधिकारिक पेजमा आफ्नो सिद्धान्त, विचार, प्रतिबद्धता र कार्ययोजना राखी प्रचारप्रसार गर्न सक्ने बताएको छ। 

आयोगले राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिह्न अंकित ज्याकेट, कमिज, भेस्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, व्याच, ट्याटुजस्ता सांकेतिक पहिरन वा स्टिकरको प्रयाेग आचारसंहिताविपरीत हुने बताएको छ। स्थानीय निर्वाचन वैशाख ३० गते हुँदै छ। 

ad
ad