विद्यमान कानुनमा आवश्यक संशोधनका लागि विधेयक तयारीका लागि गठन भएको कार्यदलले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूलाई प्रतिवेदन बुझाएको छ। कार्यदलले आज आइतबार मन्त्री बडूलाई सुझावसहितको प्रतिवेदन बुझाएको हो।
न्याय सम्पादन छिटो, छरितो, सर्वसुलभ, मितव्ययी, निष्पक्ष, प्रभावकारी र जनउत्तरदायी बनाउने उद्देश्यले गत फागुन २३ गते कार्यदल गठन गरिएको थियो। न्याय सम्पादन कार्यपद्धती सुधार प्रतिवेदनको मुख्य उद्देश्य रहेको कार्यदलले जनाएको छ।
यस्तो छ प्रतिवेदन :