मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ चैत १७ बिहीबार
  • Friday, 14 August, 2026
२o७८ चैत १७ बिहीबार १३:५७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

विमानको आकस्मिक अवतरणपछि कोलम्बियामा २१ हजार यात्रु प्रभावित, १३६ उडान रद्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत १७ बिहीबार १३:५७:oo

कोलम्बियामा मेडेलिन सहरनजिकैको प्रमुख विमानस्थलमा व्यावसायिक विमानको आपतकालीन अवतरणपछि २१ हजारभन्दा बढी यात्रु प्रभावित भएका छन्। एक सय ३६ उडानहरू रद्द गरिएको यहाँको नागरिक उड्डयन निर्देशक जायर ओर्लान्डोले बताएका छन्।

लाटम एयरलाइन्स एयरबस ए ३२०–२०० को अगाडिको ल्यान्डिङ गियर मंगलबार दिउँसो टेकअफको केही समयपछि खस्दा विमानलाई रियोनेग्रो सहरको जोसे मारिया कोर्डोभा अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरणका लागि फिर्ता गर्न बाध्य पारेको थियो। आकस्मिक अवतरणका क्रममा कुनै पनि चोटपटक र क्षति भने नभएको बताइएको छ।

फाजार्डोले जनाएअनुसार रियोनेग्रो जाने उडानहरू १२ घन्टाभन्दा बढी समयका लागि रद्द गरिएको थियो। जसले गर्दा अन्य एयरपोर्टहरूमा विशेषगरी बोगोटाको एल डोराडो अन्तर्राष्ट्रिय विमानस्थलमा ढिलाइ र रद्द गरिएको थियो।

‘अहिले विमानस्थल सामान्य अवस्थामा सञ्चालनमा रहेको छ भने ‘रद्द भएका एक सय ३६ उडान र यसबाट प्रभावित २१ हजार दुई सय ४५ यात्रुको यात्रा सञ्चालनको क्रममा छ। फाजार्दोका अनुसार आपतकालीन कारणहरू पत्ता लगाउन अनुसन्धान भइरहेको  छ। रासस/एएनआई/सिन्ह्वा