मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ चैत १६ बुधबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७८ चैत १६ बुधबार १७:४७:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

थप २६ जनामा कोरोना संक्रमण पुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ चैत १६ बुधबार १७:४७:oo

पछिल्लो २४ घण्टामा नेपालमा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पाँँच हजार १९२ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित देखिएका हुन्। पिसिआर विधिबाट तीन हजार ९४० र एन्टिजेन विधिबाट एक हजार २५२ नमुना परीक्षण गर्दा क्रमशः २५ र १ गरी २६ संक्रमित थपिएका हुन्।

यस अवधिमा ७७ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या शून्य रहेको छ। आज देशभर ७१ हजार ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। अब नेपालमा एक हजार १४६ सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।