१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १४:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पल शाहको मुद्दामा कैफियत प्रतिवेदन मगाउने उच्च अदालत पोखराको आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १४:२९:oo

उच्च अदालत पोखराले नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाइएका अभिनेता पल शाहको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ। साधारण तारेखको माग गर्दै परेको मुद्दामा न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले यस्तो आदेश दिएको हो। 

जिल्ला अदालत तनहुँले  १० चैतमा शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । 
 
आदेशविरुद्ध मंगलबार शाहले उच्च अदालत पोखरामा  निवेदन दिएका हुन्। निवेदनमा थुनामा राख्नका लागि तनहुँ जिल्ला अदालतले दिएको आदेश आदेश कानुनसम्मत, मिसिल र तथ्यगत प्रमाणसम्मत नभएकाले थुनामुक्त गरी साधारण तारेखमा राखेर अनुसन्धान गर्न माग गरिएको छ।

नाबालिग गायिकाले ११ फागुनमा सुटिङका क्रममा चिनजान भएसँगै विवाह गर्ने भनी प्रेमको झुटो आश्वासन दिएर शाहले आफूलाई पटक–पटक जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन्। आफूविरुद्ध उजुरी परेपछि शाह १५ फागुनमा आफैँ प्रहरीसमक्ष पुगेका थिए।

ad
ad