१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार १२:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १२:३७:oo

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वैशाख २२ गते शनिबार काठमाडौंमा अभिकर्ता उत्प्रेरणा ‘क्याफ्टिङ लिडरसिप’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। क्याफ्टिङ लिडरसिप कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका सात सयभन्दा बढी अभिकर्ताको सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रसाईंले अभिकर्ताहरूको कामको उच्च सम्मान व्यक्त गर्दै काम गर्न ऊर्जा प्रदान गरेका कम्पनीले जनाएको छ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले कार्यक्रमलाई सम्बोधन गर्दै अभिकर्ताहरूलाई आफ्नो पेसामा निष्ठापूर्वक काम गर्दा कहीँ–कतै बाधा आए कम्पनीले सधैँ सहजीकरण गर्ने आश्वासन दिए।

इन्स्योरेन्सका नायब महाप्रबन्धक एवं नेसनल सेल्स हेड सोनबहादुर मगरले स्वागत मन्तव्य राख्दै जीवन जिउनका लागि मात्र नभएर जीवन जित्नका लागि रहेको तर्क गर्दैै आफ्नो पेसामा सफलता प्राप्त गर्न निरन्तर र परिणाममुखी कार्य गर्न प्रोत्साहन गरे।

कम्पनीका तालिम विभाग प्रमुख योगेन्द्रप्रसाद खतिवडाले अभिकर्ताहरूलाई कम्पनीले प्रदान गर्ने सेवा–सुविधा तथा विक्रीकलासम्बन्धी तालिम प्रदान गरेका थिए।

कार्यक्रमको मुख्य आकर्षण प्रसिद्ध कलाकार कम्पनीका ब्रान्ड एम्बेसडर मनोज गजुरेलको सहभागीमा रोचक ढंगले उत्प्रेरणात्मक प्रस्तुति रहेको थियो। उनले जीवन बिमाले सबैको जीवनमा निश्चिन्तता प्रदान गर्नेमा विश्वस्तता व्यक्त गरे।

ad
ad