१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १६:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

महामन्त्री थापा भन्छन्– कांग्रेसले गठबन्धन गर्नुहुँदैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १६:४३:oo

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू गठबन्धनको पक्षमा नरहेको बताएका छन्। सोमबारको केन्द्रीय कार्यसमिति बैठकमा थापाले कांग्रेसले गठबन्धन गर्नु नहुने धारणा राखेका हुन्।

कांग्रेसले बारम्बार नेपालमा कम्युनिस्टहरूबाट खतरा छ भनेको स्मरण गराउँदै उनले जनतासँग अबको निर्वाचनमा कम्युनिस्ट मिल्न नदिएर लोकतन्त्र बचायौँ भन्न नसक्ने बताए। लाखौँ नयाँ मतदातालाई आज रूखबाहेक अन्यत्र भोट हाल्न लगाउँदा भोलि उनीहरू कांग्रेस बन्न नआउने थापाको तर्क छ।

‘नेपालमा कम्युनिस्टबाट खतरा छ भनेर हामीले बारम्बार भन्यौँ । के अबको निर्वाचनमा कम्युनिस्ट मिल्न नदिएर लोकतन्त्र बचायौँ भनेर भन्न जाने हो त ?’ महामन्त्री थापाले भने, ‘लाखौँ मतदाता नयाँ छन्। यी मतदातालाई आज रूखबाहेक अरूमा भोट हाल्न लगाउँदा भोलि कांग्रेस बन्न आउँछन् त ? त्यसैले कांग्रेसले गठबन्धन गर्नुहुँदैन।’

ad
ad