१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १६:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सबै प्रदेशबाट भारतीय पर्यटक भित्र्याउन टुरिजम मार्ट : सिइओ रेग्मी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १६:४६:oo

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मीले कोरोना महामारीपछिको पर्यटन प्रवर्द्धनका लागि सबै प्रदेशबाट भारतीय पर्यटक भित्र्याउन आन्तरिक टुरिजम मार्ट सुरु गरिएको बताएका छन्। मंगलबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै डा. रेग्मीले भारतका विभिन्न सहरका पर्यटक घुम्न आतुर रहेकाले उनीहरूलाई भित्र्याउन अभियान सुरु गरिएको बताए।

उनले पछिल्लो समय भारतीय पर्यटकहरू नेपाल सरकारको कुनै प्याकेजविना नै अत्यधिक मात्रामा आउने गरेकाले थप व्यवस्थित बनाएर पर्यटक बढाउन टुरिजम मार्ट अभियान सुरु गरिएको बताए। कोरोना महामारीपछि भारतीय पर्यटकले घुम्नका लागि उपयुक्त गन्तव्य खोजिरहेकाले त्यो गन्तव्यका रूपमा समयमै नेपाललाई बनाउन आवश्यक रहेको औँल्याए।

‘अहिले छोटो दूरीका हवाई उडान सुरु गरेका छौँ जसमा धनगढीबाट पोखरा, नेपालगन्ज, भैरहवा, चितवन र वीरगन्ज उडानबाट त्यसको रिजल्ट पोखरामा देख्नुहुन्छ। पोखराका होटेलहरू भारतीय पर्यटकहरूले भरिभराउ छन्। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा मात्रै भर पर्ने हो भने यति पर्यटक आउने थिएनन्। अहिले हाम्रो पर्यटन बढाउने नीति बाेर्डरबाट गाडी आउने, गाडी एयरपाेेर्टमा राखेर हवाईमार्फत पोखरा घुम्ने र फेरि वीरगन्ज आएर गाडीमा भारत जान सक्ने भएको छ,’ रेग्मीले भने।

ad
ad