१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १९:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भारतीय सहयोगमा ताप्लेजुङमा निर्मित विद्यालय भवन उद्घाटन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १९:१o:oo

भारत सरकारको अनुदान सहयोगमा ताप्लेजुङको सिनामस्थिते श्री सिनाम उच्च माध्यमिक विद्यालय भवन निर्माण भएको छ । सोमबार पूर्वमन्त्री एवं एमाले नेता योगेश भट्टराईले विद्यालय भवन उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य भूपेन्द्र थेवे, भारतीय राजदूतावासका प्रथम सचिव रोहित मिश्रा, स्थानीय तहका प्रतिनिधि, शिक्षक र विद्यार्थी सहभागी थिए । 

भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सवअन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरूमध्ये विद्यालय पनि एक रहेको भारतीय राजदूतावासले जनाएको छ । भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको ३ करोड १० लाख रुपैयाँ  लागतमा दुईतले विद्यालय भवन निर्माण भएको हो । सन् १९५० मा स्थापना भएको  विद्यालयमा हाल १६ सय विद्यार्थी अध्ययनरत छन् । 

सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेकोमा ४६७ वटा सम्पन्न भइसकेका छन् । तीमध्ये ताप्लेजुङका २ गरी प्रदेश १ मा ७८ वटा रहेका छन् । भारत सरकारले ताप्लेजुङका विभिन्न स्वास्थ्य चौकीलाई हालसम्म ७ वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिसकेको छ । 

‘नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय एवं बहुक्षेत्रीय सहकार्य रहेको छ । यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको जीवनस्तर उकास्न नेपाल सरकारले गरेका प्रयासहरूमा भारत सरकारले पुर्याउँदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ,’ भारतीय राजदूतावासका प्रवक्ता नवीन कुमारले भनेका छन् ।

ad
ad