१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o६:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

जबराको महाभियोग प्रस्तावमाथिको छलफल धकेलियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:४२:oo

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल सुरु हुनु एक दिनअघि सरकारले संसद् अधिवेशन अन्त्य गराएपछि यो विषय अर्को अधिवेशनसम्मका लागि धकेलिएको छ । महाभियोगमाथि छलफलका लागि २ चैतको बैठकमा कार्यसूची थियो । तर, एक दिनअगावै सरकारले अधिवेशन अन्त्य गर्न सिफारिस गर्‍यो ।

कांग्रेस सचेतक पुष्पा भुसालले महाभियोगको प्रस्ताव अर्को अधिवेशनमा छलफल हुने बताइन् । ‘यस अधिवेशनमा पेस भयो, अघि बढ्न सकेन । अब अर्को अधिवेशनले यसको बाँकी प्रक्रिया पूरा गर्छ,’ उनले भनिन् । महाभियोग प्रस्ताव २९ फागुनको प्रतिनिधिसभामा पेस भएको थियो ।

गत २२ फागुनमा ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन भएको थियो । समितिमा एमालेका तर्फबाट चार, कांग्रेस र माओवादीका दुई–दुई, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट एक–एक सदस्य छन् । प्रस्ताव सभामा छलफल गर्न दिने, तर प्रक्रियामा सामेल नहुने एमालेको रणनीति बनाएको थियो । 

ad
ad