१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
प्रतिकात्मक तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १३:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बढ्दै नेपालमा तापक्रम : हावाहुरी चल्ने हुँदा सचेत रहन सुझाव (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १३:४१:oo

नेपालमा पछिल्ला दिनहरूमा तापक्रम बढ्दो मात्रामा रहेकाले सजग हुन विज्ञहरूले सुझाब दिएका छन्।

जलवायुविज्ञ डा. धर्मराज उप्रेतीका अनुसार तराईमा ४० डिग्री वा सोभन्दा बढी र पहाडमा ३० डिग्रीभन्दा माथि तापक्रम पुगेको अवस्थामा तातो हावा (लु) आउँछ। मंगलबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उप्रेतीले पछिल्लो समय नेपालमा तापक्रम वृद्धि भइरहेको बताए। तातो हावा चलेको अवस्थामा पर्यावरण सुक्खा रहने, कम पानी पर्ने हुँदा प्रदूषण बढ्ने र ठूलो वेगमा हावा चल्दा हुँदा भौतिक संरचनाहरूमा समेत क्षति पुग्ने उनले बताए।

‘हावाको चाप, हावाको प्रेसर कतातिर गइराखेको छ ? तातो हावा कति माथि जान्छ ? माथिबाट तातो हावाले चिसो हावालाई दबाएर राख्ने र त्यो दबाएर राख्दाको अवस्थामा हाई प्रेसर र लो प्रेसरको मिक्स्चर हुन्छ। एकदमै सुक्खा हावा र एकदमै वाष्पीकरण हावाको टकराव र यस्तो खालको अवस्थाबाट उत्पन्न हुने अवस्था भएको हुनाले डाइनामिक हुन्छ, चलिरहन्छ। यसो हुँदा हावाहुरी चल्ने हुन्छ। यतिवेला हामी सचेत हुनुपर्ने हुन्छ,’ उनले भने।

यस्तो अवस्थामा सर्वसाधारणलाई पूर्वसूचना दिनु आवश्यक रहेको उनले औँल्याए। तापक्रम वृद्धि भई अत्यधिक हावा चल्ने हुँदा कृषि प्रणालीमा समेत असर पर्ने भएकाले सजग हुन डा. उप्रेतीले सुझाव दिएका छन्।

 

ad
ad