१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १४:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रेस चौतारीको अध्यक्षमा दोहोरिए बस्नेत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १४:२४:oo

नेकपा एमालेनिकट प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत पुनः चयन भएका छन् । संगठनकोे पोखरामा सम्पन्न नवौँ महाधिवेशनले बस्नेतको अध्यक्षतामा १७ पदाधिकारीसहित एक सय पाँचजनाको केन्द्रीय कमिटी सर्वसम्मतले चयन गरेको हो । यस अघि चार सयजनाको समिति रहेकोमा विधान संशोधन गरेर एक सय पाँचजनाको केन्द्रीय कमिटी बनाइएको हो ।

नवगठित समितिको उपाध्यक्षमा गणेश पाण्डे, सबिन प्रियासन, राजेश राई र देवीका घर्ती, महासचिवमा हिरामान लामा, उपमहासचिवमा शुरोजंग पाण्डे र राजु सुवेदी, कोषाध्यक्षमा इन्द्र आचार्य, सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोग्सरी कुँवर र हरिबल्भव नेपाल चयन भएका छन् । 

यसैगरी अनुशासन आयोगको अध्यक्षमा नवराज महतारा, लेखा आयोगको अध्यक्षमा सटेन्द्र जगेबु र निर्वाचन आयोगको अध्यक्षमा गणेश खनाल रहेका छन् । शुक्रबारदेखि सुरु अधिवेशनमा देशभरका एक हजार दुई सयजना प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 
 

ad
ad