माओवादी कर्णाली प्रदेशले पायो पूर्णता

शुक्रबार, २७ फागुन, २०७८
डिजिटल संस्करण

प्रदेश सम्मेलन गरेको लामो समयपछि नेकपा माओवादी केन्द्रले प्रदेश कमिटीलाई पूर्णता दिइएको छ । शुक्रबार बसेको प्रदेश कमिटीको बैठकले पदाधिकारी चयन गर्दै पूर्णता पाएको हो । 

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको दोस्रो बैठकबाट प्रदेश कमिटीका पदाधिकारी सर्वसम्मत चयन भएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीले बताइन् । 
प्रदेश अध्यक्षमा विमला  केसी यसअघि नै चयन भइसकेकी थिइन् । 

प्रदेश उपाध्यक्ष कर्णबहादुर बुढाथोकी (सल्यान), ढकवीर राना (जाजरकोट), कृष्ण जिसी (सुर्खेत), सचिवमा धनजित शाही (कालिकोट), सहसचिव वीरबहादुर कुँवर (जुम्ला), सहसचिव लालकेश जैसी (हुम्ला), सहसचिव बिर्खबहादुर थापा (मुगु) र कोषाध्यक्ष मालबहादुर रोका (डोल्पा) चयन भएका छन् । 
 

सुझावित समाचार