मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण २४ मंगलबार १६:५१:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

थप १९४ जनामा कोरोना भाइरस संक्रमण, ३४८ जना निको भए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण २४ मंगलबार १६:५१:००

पछिल्लो २४ घन्टामा नेपालमा थप एक सय ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ६ हजार तीन सय ९४ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर विधिबाट तीन हजार ६ सय ३८ र एन्टिजेन विधिबाट दुई हजार सात सय ५६ जनामा परीक्षण गरिएको हो।

यस अवधिमा तीन सय ४८ जना संक्रमणमुक्त भएका र एकजनाको मृत्यु भएको छ। आज मंगलबार देशभर दुई लाख तीन हजार ६ सय २५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। अब नेपालमा पाँच हजार आठ सय ७५ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ।