१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o६:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

हिरो मोटोकर्पले अनावरण  गर्‍यो इलेक्ट्रिक भिडा  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:o९:oo

मोटरसाइकल र स्कुटर निर्माता कम्पनी हिरो मोटोकर्पले विद्युतीय सवारीसाधन भिडा अनावरण गरेको छ । बिहीबार दुबईको एक्सक्लुसिभ क्लेरेन्स आइल्यान्डमा आयोजित एक पृथक् प्रकारको कार्बन न्युट्रल कार्यक्रममा हिरोद्वारा पावर्ड भिडा प्रस्तुत गरिएको हो । 

कार्यक्रममा हिरो मोटोकर्पका अध्यक्ष र सिइओ डा. पवन मुञ्जालले एक सय मिलियन अमेरिकी डलरको ग्लोबल सस्टेनेबिलिटी फन्डको घोषणा गरेका छन् । कोषले बिएमएल मुञ्जाल विश्वविद्यालय  र हिरो मोटोकर्पको नेतृत्वमा पृथ्वीमा सकारात्मक प्रभाव पार्ने इएसजी सोलुसनसमा १० हजारभन्दा बढी उद्यमीहरूलाई बढावा दिने उद्देश्यले विश्वव्यापी साझेदारी स्थापना गर्ने लक्ष्य राख्ने बताइएको छ ।

हिरोद्वारा पावर्ड भिडाको नयाँ ब्रान्डको लोगो र ‘सनराइज’ भिजुअल पहिचान अनावरण गर्र्दै डा. मुञ्जालले भने, ‘भिडाको अर्थ जीवन हो र ब्रान्डको एक मात्र उद्देश्य संसारमा सकारात्मक प्रभाव पार्नु र हामी सबैलाई अर्थपूर्ण दिशामा अगाडि बढाउनु हो । संसारलाई अझ राम्रो स्थान बनाउन १७ हप्तामा हामी हाम्रो भिडा प्लेटफर्म, उत्पादन र सेवाहरू अनावरण गर्नेछौँ ।’ भिडाको पहिलो विद्युतीय सवारीसाधन आधिकारिक रूपमा १ जुलाई २०२२ मा अनावरण गरिने मोटोकर्पका अध्यक्ष एमिरिटस डा. बृजमोहन लालले बताए ।  नयाँ भिडा मोडेलको उत्पादन भारतको चित्तुरमा रहेको हिरो मोटोकर्पको ‘ग्रिन’ उत्पादन केन्द्रमा हुनेछ । सन् २०२२ को अन्तिमतिर ग्राहकहरूलाई बेच्न–प्रदान गर्न सुरु हुनेछ ।

एक किसिमको पृथक् कार्यक्रममा विश्व विचारधाराका लिडरहरू, सरकारका वरिष्ठ प्रतिनिधिहरू र युएईमा रहेका कूटनीतिक निकायहरू, नीति–निर्माताहरू र हिरो मोटोकर्पका विभिन्न सरोकारवालाहरू, सञ्चालक समिति, विश्वभरका वरिष्ठ कर्मचारीहरूलगायतको उपस्थिति रहेको थियो, जहाँ डिलरहरूदेखि विश्वव्यापी वितरकहरू, आपूर्ति शृंखला साझेदारहरू र अन्य सहयोगीहरू उपस्थित थिए ।

ad
ad